Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतिमा बालश्रममुक्त वडा घोषणा

म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतिमा बालश्रममुक्त वडा घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०७८ सोमवार • १८:५८:०७ बजे
  • 1.9K
    SHARES
  • म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतिमा बालश्रममुक्त वडा घोषणा


    बेनी, १९ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीलाई सोमबार बालश्रममुक्त वडा घोषणा गरिएको छ ।

    images

    वडा कार्यालयमा भएको समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन विपरितको बालश्रममा प्रयोग नगर्ने प्रतिबद्धता जनाएर भगवतीलार्ई बालश्रममुक्त वडा घोषणा गरेका हुन् ।

    यो संगै रघुगंगा गाउँपालिकाका ८ वटा वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको छ ।

    गाउँपालिकाले बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धि कार्यविधि २०७७ मा भएको व्यवस्था अनुसार, गाउँपालिकालाई बालश्रममुक्त पालिका बनाउने अभियान सञ्चालन गरेको थियो ।

    रघुगंगाको ११ औँ गाउँसभाले समेत कार्यपालिका बैठकको सिफारिस बमोजिम गाउँपालिकालाई बालश्रमुक्त पालिका घोषणा गर्ने निर्णय गरेको थियो । 

    भगवतीमा आयोजित समारोहमा वडाभित्र गरिएको सर्वेक्षणमा कुनैपनि बालबालिकाहरु बालश्रममा प्रयोग नभएको पाइएपछि आगामी दिनमा समेत बालबालिकाहरुलाई कानुन विपरितको श्रममा नलगाउने प्रतिबद्धता सहित वडालाई बालश्रममुक्त भएको घोषणा गरिएको जानकारी गराइएको थियो ।

    कार्यक्रममा बालश्रमको जोखिममा रहेका २० जना बालबालिकाहरुलाई झोला, पोशाक र स्टेशनरी लगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

    गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले बालश्रम सामाजिक अपराध भएकाले बालबालिकाहरुलाई कानुन विपरितको श्रममा लगाउन नहुने बताउँदै बालबालिकाहरुलाई आफ्नो परिवारसंग बस्न पाउने र शिक्षा लिन पाउने अधिकारको सुनिश्चित गराउन सबै सरोकारवालाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    वडा अध्यक्ष रिमबहादुर कुटुवालले बालश्रममुक्त घोषणाको व्यवहारिक कार्यान्वयका लागि वडाका हरेक श्रम हुने क्षेत्रलाई निगरानी गरिने बताउनुभयो ।

    गाउँपालिकाभित्रका ११ सय घरधुरी पहिचान गरि सर्वेक्षण गर्दा कुनैपनि बालबालिकाहरु बालश्रममा नरहेको तर १५० जना बालबालिका बालश्रमको जोखिममा रहेको पाईएको थियो । अभियानको क्रममा जोखिममा रहेका बालबालिकाहरुलाई झोला, पोशाक र शैक्षिक सामाग्री सहयोग गर्ने गरिएको छ ।

    उनीहरुका अभिभावकहरुलाई दिगो रोजगारितर्फ प्रेरित गर्न शिपमुलक तालिम सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो । 

    बालश्रममा कोहि पनि बालबालिका नहरेको आधार तयार भएपछि वडा समितिको सिफारिसमा वडा र कार्यपालिकाको सिफारिसमा गाउँसभा मार्फत पालिकालाई बालश्रमुक्त घोषणा गर्न सकिने प्रावधान रहेको छ ।

    गाउँपालिकाले बालश्रम सामाजिक अपराध भएको र बालबालिकाहरुलाई कडा परिश्रम गर्नुपर्ने र कानुनले बन्देज लगाएको काममा लगाउन नहुने सन्देश सहितको चेतनामुलक ब्रोसर र होडिङ बोर्डहरु मार्फत समेत सचेतना जगाउने काम गरेको जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology