कुवेत नगरपालिका निर्देशक अहमद अल मनफोहीले आइतबार जनवरी ९ देखि फेब्रुअरी २८ सम्म सार्वजनिक स्थानमा हुने कार्यक्रमहरू अस्थायी रूपमा प्रतिबन्ध गर्न निर्देशन जारी गरेका छन ।
कुवेतमा फेरी पनि कोरोना सङ्क्रमण दिनानुदिन फैलिरहेको छ ।
कोरोना सङ्क्रमण नियन्त्रणका लागि विवाह हल, होटल हल, विवाह टेन्ट र सामूहिक जमघट, भेटघाट तथा भेला हुन निषेध गरिएको छ।
त्यसैगरी पसलहरूलाई स्वास्थ्य प्रोटोकल पालना गर्न र भीडभाड रोक्न अनुरोध गरिएको छ ।
कुवेत सरकारले ५० वर्षभन्दा माथि उमेर समुहकालाई कोरोना खोपको बुस्टर डोज लगाउन अनुरोध गरेको छ भने सो भन्दा तलका उमेर समुहलाई अनिवार्य रुपमा बुस्टर खोपका लागि (covid19vacine.moh.gov.kw) अनलाईन बाट रजिस्ट्रेशन गर्न अनुरोध गरेको छ ।
नागरिक उड्डयन महानिर्देशनालयले पीसीआर परीक्षणको नेगेटिभ प्रमाणपत्र नदिएसम्म कुवेत प्रवेश गर्न रोक लगाउने बताएको छ ।
पीसीआर प्रमाणपत्रको वैधता ४ जनवरी मंगलवारबाट आगमन हुनुभन्दा ७२ घण्टा पहिलेको हुनु पर्ने जनाएको छ ।