Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुस्कान खातुनलाई सरकारले ३ लाख सहयोग गर्ने

मुस्कान खातुनलाई सरकारले ३ लाख सहयोग गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २२, २०७८ बिहिवार • १६:३४:१६ बजे
  • 733
    SHARES
  • मुस्कान खातुनलाई सरकारले ३ लाख सहयोग गर्ने

    सरकारले एसिड आक्रमण पीडित मुस्कान खातुनलाई तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

    images

    बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यस्तो बताएका हुन् ।

    बैठकले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ भने राष्ट्रिय युवा परिषद‍्को उपाध्यक्षमा सुरेन्द्र बस्नेतलाई नियुक्त गरेको छ ।

    बैठकले गृहमन्त्रालयको लागुऔषध नियन्त्रण शाखा प्रमुखसहित ७७ वटै जिल्लाका सिडिओलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषदले जापान सरकारकाबाट प्राप्त हुने १० अर्ब ३९ करोड नीतिगत ऋण स्वीकार गर्ने, प्रहरी नियमावली संशोधन गर्ने, राजपत्र हरेक हप्ताको सोमबार र बिहीबार दुई दिन प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # मुस्कान खातुन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology