Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओमिक्रोनकाे ‘सुनामी’ तीव्र गतिमा हल्का रुपमा नलिन डब्लुएचओको चेतावनी

ओमिक्रोनकाे ‘सुनामी’ तीव्र गतिमा हल्का रुपमा नलिन डब्लुएचओको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २३, २०७८ शुक्रवार • १०:४८:४८ बजे
  • 817
    SHARES
  • ओमिक्रोनकाे ‘सुनामी’ तीव्र गतिमा हल्का रुपमा नलिन डब्लुएचओको चेतावनी

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेको बताएको छ ।

    images

    यसका कारण तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणले विश्वभरका स्वास्थ्य सेवामा दबाब बढेको डब्लुएचओका प्रमुख डाक्टर टेड्रोस गेब्रेयससले बताएका छन् ।

    जेनेभामा भएको एक पत्रकार सम्मेलनमा टेड्रोसले चेतावनी दिँदै भनेका छन् कि ओमिक्रोनले हुने रोग डेल्टा भेरियन्टभन्दा कम गम्भीर देखिन सक्छ तर यसलाई हल्का रूपमा लिनु हुँदैन ।

    उनले भने, ‘ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा कम खतरनाक त देखिन्छ, विशेषगरी खोप लगाइएकाहरूका लागि । तर यसको अर्थ यसलाई हल्का भन्नु पटक्कै होइन ।

    पहिलेका भेरियन्टजस्तै ओमिक्रोनका संक्रमितहरु पनि अस्पतालहरूमा भर्ना भइरहेका छन् ।’ यसपटक कोरोना संक्रमणको ‘सुनामी’ तीव्र गतिमा बढ्दै गएकाले स्वास्थ्य सेवामा दबाब बढिरहेको उनले बताए ।

    विश्वभरका अस्पतालहरूमा अहिले भीड बढिरहेको छ। अमेरिकामा तीव्र गतिमा फैलिरहेको यो भेरियन्ट भारतमा पनि रातारात दोब्बर तेब्बर गतिमा बढिरहेको छ ।

    सीमा जोडिएको हुनाले नेपालमा पनि यसको असर देखिन थालेको छ, पछिल्लो समय नेपालमा पनि संक्रमण पुनः बढिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # डब्लुएचओको चेतावनी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology