रियाद ,साउदी अरव। वैदेशिक रोजगारी सिलसिलामा १ बर्ष अघि साउदी आएका उदयपुरका पेशल (ध्रु्र्ब) खत्री सम्पर्कविहिन भएको छ।
उनको खोजी गरिदिन साउदी स्थित नेपाली राजदुतावास ,एनआरएनए लगायत संघसंस्था तथा नेपाली समुदायलाई खत्रीको श्रीमती मुना थापा ( खत्री)ले अपिल गरेकी छिन्।
उदयपुर गाईघाट घर भएका बर्ष २९ का खत्री नेपाल आउने क्रममा साउदी एयरपोर्टबाट मिति २०७८ पौष १८ गते बाट सम्पर्कविहीन रहेकोले श्रीमती मुनाले जानकारी दिएका छन् ।
श्रीमतीका अनुसार खत्री डिप्रेसनका बिरामी रहेका छन्। खत्रीलाई साउदीमा कहि कतै देखीएमा नेपाली दूतावास ,उनको श्रीमती मुनाको ००९७७९८०५९८६७३२ , र सामाजिक अभियन्ता सुमन श्रेष्ठ ००९७७९८१८७२४८११लाई फोन तथा म्यासेज गरेर जानकार दिनु हुन पिटि अनलाइन मार्फत अभियन्ता श्रेष्ठले साउदी नेपाली समुदायमा अनुरोध गरेका छन्।
खत्रीले साउदी अरबमा चलाएको सम्पर्क नम्बर +९६६५६४८३२२४३ यो रहे भनी नम्बर अफ रहेको छ। निम्न आर्थिक स्थित रहेका उनको परिवार डिप्रेसन भइ खत्री बेपता हुदा झन समस्यामा परेका छन्।
तपाईं हामीको सानो सहयोगले निज खत्रीलाई खोजी गरि सहयोग गरिदिनु अनुरोध गरिएको छ।
केही समयअघि डिप्रेसनको कम्पनी छोडी साउदीको दम्माम भेटिएका खत्रीलाई दम्मामका सामाजिक ब्यक्तित्वहरुले रियाद स्थित उनको कम्पनीमा बुजाएको खत्रीबारे जानकार एक नेपालीले बताएको छ। पिटि अनलाइन