Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आजको मौसम

आजको मौसम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७८ आइतवार • ०८:२९:२७ बजे
  • 871
    SHARES
  • आजको मौसम

    देशका तीनवटा प्रदेशमा आज वर्षा हुने सम्भावना रहेको छ ।

    images

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

    महाशाखाकाअनुसार बाँकी प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

    यसकासाथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    वर्षा तथा हिमपात मंगलबारसम्ममा पश्चिम हुँदै पूर्वसम्म आइपुग्ने महाशाखाले जनाएको छ ।

    चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह पनि गरेको छ ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology