Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दोस्रो पटक गुड्यो रेल

दोस्रो पटक गुड्यो रेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७८ आइतवार • ०८:३६:०९ बजे
  • 889
    SHARES
  • दोस्रो पटक गुड्यो रेल

    हस्तान्तरण गरेको दोस्रो वर्षमा प्रवेश गर्दा नेपालका ध्वजावाहक रेल दोस्रो पटक गुडे ।

    images

    नेपालको जयनगरबाट भारतको कुर्थासम्मको ३४ किलोमिटर दूरी रेलले तय गरेका हुन् ।

    २०७७ असोज २ गते भित्रिएका दुई रेल कात्तिक ५ गते भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोँकण)ले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो ।

    ८४ करोड ६५ लाख रूपियाँमा रेल किनिएका हुन् । तर, ती रेल डेढ वर्षदेखि धनुषाको इनरुवा रेल्वे स्टेसनमा त्रिपाल ओढाएर थन्काइएका थिए ।

    ती रेल ल्याइएपछि शनिबार दोस्रो पटक परीक्षण गरिएको हो ।

    यसबीचमा रेल चलाउने मिति पटक–पटक सर्दै आएको छ । पछिल्लो पटक गत मङ्सिरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले अध्यादेशबाट कानुन बनिसकेको र अब चाँडै रेल सञ्चालन हुने प्रतिबद्धता जनाएकी थिइन् ।

    उनीसहित रेल सञ्चालनसम्बन्धी प्रतिबद्धता जनाउने मन्त्री तीन पुग्दा पनि रेल सञ्चालन भएको छैन । तर, आजको लिक परीक्षणले अब रेल कुद्ने आशा जागेको छ ।

    आजको परीक्षणका क्रममा गत मङ्गलबार भारतीय रेलका प्राविधिक टोलीसहितले रेलमार्ग परीक्षण गरेका थिए । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # दोस्रो पटक गुड्यो रेल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology