Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मगर सँघ कुवेतको माघे सकराती अनिश्चित कालको लागि स्थगित 

मगर सँघ कुवेतको माघे सकराती अनिश्चित कालको लागि स्थगित 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७८ आइतवार • १८:११:३६ बजे
  • 1.1K
    SHARES
  • मगर सँघ कुवेतको माघे सकराती अनिश्चित कालको लागि स्थगित 

    नेपाल मगर सँघ शाखा कुवेतले मगर समुदायको राष्ट्रिय तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड “माघे सकराती” आगामी १४ जनवरी २०२२ का दिन मनाउने भनिए पनि कोभिड-१९ को कारण स्थानिय सरकारले कुनै पनि सार्वजनिक स्थानहरुमा भेला हुन निषेध गरे पछी अनिश्चित कालको लागि स्थगित गरेको छ। 

    images

    संस्थाका अध्यक्ष मनु मगरको अध्यक्षमा कुवेतको मंगाफस्थित सभा हलमा हिजो बसेको उक्त निर्णय गरेको हो। 

    कुवेतको ओफरा भन्ने स्थानमा आयोजना गरिने भनिएको माघे सकरातीमा कुवेतमा कृयाशिल रहेका सम्पूर्ण नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुलाई अतिथिको रुपमा निमन्त्रणा गरि मनाईने भनिएको र निमन्त्रणा पत्र पनि तयारी अवस्थामा रहेको बेला एकाएक परिस्थिती बदलिन पुगेकोमा दु:ख लागेको अध्यक्ष मनु मगरले बताउँदै परिस्थिती सामान्य भए पछी मगर सँघ कुवेतले ब्रिहत कार्यक्रम दिने पनि बताएका छन।

  • सम्बन्धित विषय:

  • # मगर सँघ कुवेत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology