Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आत्महत्या दुरुत्साहन कसूरमा १ जना पक्राउ

आत्महत्या दुरुत्साहन कसूरमा १ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २५, २०७८ आइतवार • १९:२०:२६ बजे
  • 637
    SHARES
  • आत्महत्या दुरुत्साहन कसूरमा १ जना पक्राउ

    आत्महत्या दुरुत्साहनमा संलग्न रहेको अभियोगमा पुतलीबजार नगरपालिका-१४ लामागे बस्ने टेकनाथ गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    उनकै श्रीमती ४५ वर्षीया धनकुमारी गिरी आफ्नै घरमा पुस १७ गते झुण्डी मृत अवस्थामा फेला परेकी थिइन् ।

    उक्त घटनामा उनले श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिई आत्महत्या गर्न बाध्य तुल्याएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    उनी उपर आत्महत्या दुरुत्साहन कसूरमा मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आत्महत्या दुरुत्साहन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology