Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

छिटो सर्ने भेरिएन्ट ओमिक्रोन

छिटो सर्ने भेरिएन्ट ओमिक्रोन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २६, २०७८ सोमवार • ०८:३८:४८ बजे
  • 715
    SHARES
  • छिटो सर्ने भेरिएन्ट ओमिक्रोन

    पछिल्ला क्लिनिकल डाटा र प्रयोगशालामा भएका अध्ययनले ओमिक्रोन भेरिएन्ट यसअघिका अन्य भेरिएन्टभन्दा मध्यम खाले भएर पनि छिटो सर्न सक्ने क्षमता राख्ने देखाएकाले यसबारे विश्वव्यापी चासो छ।

    images

    ‘यो अत्यन्त छिटो सर्छ तर संक्रामकताका हिसाबले अल्फा र डेल्टाजस्तो खतरनाक छैन,’ हस्टन मेथोडिस्ट अस्पतालअन्तर्गतको प्याथोलोजी तथा जेनोमिक मेडिसिन डिपार्टमेन्टका अध्यक्ष तथा ओमिक्रोनसम्बन्धी नयाँ अध्ययनका प्रमुख अनुसन्धानकर्ता जेम्स मुसर भन्छन्।

    प्रयोगशालामा गरिएका पछिल्ला अध्ययनले ओमिक्रोन कम संक्रामक हुनुमा यो भेरिएन्ट फोक्सोमा भन्दा श्वासप्रश्वास नलीको उपल्लो भागमा बढी बाँच्न सक्ने भएका कारण हुन सक्ने देखाएका छन्।

    फोक्सोमा कोभिड–१९ को संक्रमण हुँदा श्वासप्रश्वासमा गम्भीर समस्या हुने गरेको पाइएको छ। क्याम्ब्रिज विश्वविद्यालय र हङकङ विश्वविद्यालयले श्वासप्रश्वास तन्तुमा हालै गरेका अध्ययनले ओमिक्रोनले श्वासनलीको उपल्लो भाग (ब्रोन्ची) का कोषिकालाई संक्रमण गर्ने क्षमता राख्ने देखाएका छन्।

    उता डेल्टा भेरिएन्टले फोक्सोका कोषिकालाई संक्रमण गर्ने र फोक्सोभित्रै फैलन सक्ने क्षमता राख्छ।

    ‘श्वासनलीको तल्लो भागमा हुने भाइरसको फैलावट (रेप्लिकेसन) ले गम्भीर रोग निम्त्याउने गर्छ। तर, उपल्लो भागमा हुने संक्रमणले रोगको गम्भीरता कम हुन्छ,’ अध्ययनमा सहभागी युनिभर्सिटी अफ क्याम्ब्रिजका भाइरोलोजिस्ट रवीन्द्र गुप्ता भन्छन्।

    वैज्ञानिकले मुसा र हेम्सटरमा गरेका समान अध्ययनले पनि यो भेरिएन्टले नाकको नली (नसल प्यासेज) मा संक्रमण गर्ने र अन्य भेरिएन्टले फोक्सोमा आक्रमण गर्ने देखिएको छ।

    डिसेम्बर २९ मा सार्वजनिक गरिएको उक्त अध्ययनले ओमिक्रोन संक्रमित जनावर अन्य भेरिएन्टबाट संक्रमित जनावरको तुलनामा गम्भीर हिसाबले बिरामी परेनन्। याे खबर नागरिक दैनिकमा छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology