Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुत्केरीको मृत्युपछि त्रिशुली अस्पतालमा तोडफोड

सुत्केरीको मृत्युपछि त्रिशुली अस्पतालमा तोडफोड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २७, २०७८ मंगलवार • १४:०२:२१ बजे
  • 847
    SHARES
  • सुत्केरीको मृत्युपछि त्रिशुली अस्पतालमा तोडफोड

    सुत्केरीको मृत्यु चिकित्सकको लापरबाहीले भएको भन्दै नुवोकाटो त्रिशुली अस्पतालमा मृतकका आफन्तले तोडफोड गरेका छन् ।

    images

    नुवाकोटको विदुर नगरपालिका–७ की २७ वर्षीया महिलाको सोमबार राती सुत्केरी भएपछि अत्याधिक रक्तश्रावका कारण मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गरेका अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले जानकारी दिए ।

    डा.पाण्डेले दुई जना स्त्री रोग विशेषज्ञ सहितको प्रसुती सेवा भएको र उपचारको प्रयास गरिएपनि पोष्ट पार्टम हेमरेज (सुत्केरीपछिको अत्यधिक रक्तश्राब)का कारण सुत्केरीको मृत्यु भएको बताए।डा.पाण्डेले उपचारका क्रममा कुनै लापरबाही नभएको भन्दै उनले आफन्तलाई तोडफोडभन्दा पनि उपचारमा चित्त नबुझे सम्बन्धित निकायमा उजुरी दिन सुझाएको बताए ।

    आइतबार अस्पतालमा सुत्केरी गराउन भर्ना भएकी ती महिलाको नर्मल डेलिभरी भएको थियो। ४० हप्ता कटेको गर्भ लिएर सुत्केरी गराउन आएकी ती महिलालाई प्रसव गराउन चिकित्सकले औषधि दिइएको थियो।

    औषधी सेवनपछि महिलाको नर्मल डेलीभरी भएको थियो । तर, पछि अत्याधिक रक्तश्राव भएपछि उनको मृत्यु भयो । सुत्केरीको मृत्यु भएसँगै उनको आफन्तले राती साढे ११ बजेदेखि अस्पतालमा तोडफोड गर्न सुरु गरेका थिए ।

    आमाको मृत्युपछि अस्पतालमा तनावपूर्ण अवस्था सिर्जना भएपछि शिशुलाई भने काठमाडौं रेफर गरिएको छ । अस्पतालमा आफन्तले नाराबाजी र तोडफोड गरेपछि अस्पतालले मृतक महिलाका आफन्तसँग वार्ता गरेर शव जिम्मा लगाइसकेको छ ।

    अस्पतालमा तोडफोड र तनावपूर्ण अवस्था आएपछि त्रिशुली अस्पतालले आकस्मिक बाहेकको सेवा बन्द गरेको छ। चिकित्सकको सुरक्षाको ग्यारेन्टि भएपछि मात्र सम्पूर्ण सेवा संचालन अस्पतालले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # अस्पतालमा तोडफोड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology