Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशत डेल्टा भेरिएन्ट

संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशत डेल्टा भेरिएन्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २८, २०७८ बुधवार • ०८:३६:५६ बजे
  • 718
    SHARES
  • संक्रमण देखिएका नमुनामध्ये  ७८ प्रतिशत डेल्टा भेरिएन्ट

    पुस महिनामा कोरोना संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

    images

    प्रयोगशालाका अनुसार १६ सय नमुनामध्ये २ सय ५० वटामा एसजिन नेगेटिभ देखिएको छ। यी सबैमा ओमिक्रोन भेटिएको थियो। बाँकी नमुनामा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झाले बताइन्।

    ‘जिन सिक्वेन्सिङमा नेगेटिभ देखिएका २२ प्रतिशतबाहेक सबैमा डेल्टा भेरिएन्ट भेटियो’, उनले भनिन्।

    थप जिन सिक्वेन्सिङको काम भइरहेको डा. झाले बताइन्। छिमेकी राष्ट्र भारत तथा विश्वका अन्य राष्ट्रमा ओमिक्रोन फैलिएसँगै नेपालमा पनि यो भेरिएन्ट फैलिएको आशंका गरिएको छ। 

    यसबारे स्पष्ट हुन थप जिन सिक्वेन्सिङ गरेर हेर्न आवश्यक भएको कोभिड १९ उपचारमा संलग्न चिकित्सक बताउँछन्।

    ‘थप जानकारीका लागि नमुनाहरूको जिन सिक्वेन्सिङ गरेर हेर्नुपर्छ’, टिचिङ अस्पतालका वरिष्ठ फिजिसियन तथा कोभिड १९ संयोजक डा. निरज बमले भने।

    यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # संक्रमण देखिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology