Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुपर मोडल’ बन्न ११ जनाबीच प्रतिस्पर्धा

सुपर मोडल’ बन्न ११ जनाबीच प्रतिस्पर्धा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष २९, २०७८ बिहिवार • ०८:४१:३५ बजे
  • 1.1K
    SHARES
  • सुपर मोडल’ बन्न ११ जनाबीच प्रतिस्पर्धा

    ‘नेपाल्स नेक्स्ट सुपर मोडल’को पाँचौं संस्करणका प्रतियोगीहरु अहिले प्रक्षिक्षणमा व्यस्त छन् ।

    images

    आरएण्डआर गु्रपले आयोजना गरेको यस पाँचौं संस्करणमा ११ जना महिला मोडलहरु प्रतिस्पर्धा छन् । आगामी माघ ६ गते नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा अन्तिम प्रतिस्पर्धा हुने आयोजक संस्थाकी अध्यक्ष मञ्जु श्रेष्ठको भनाई छ ।

    उक्त प्रतिस्पर्धाबाट ११ जनामध्ये एक जना ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ घोषित हुनेछिन् । केही सातायता उनीहरुलाई मोडलिङका विविध आयामबारे कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले प्रशिक्षण दिँदै आएका छन् ।

    मोडलिङ क्षेत्रमा आफ्नो भविष्य खोज्ने युवतीहरुलाई लक्षित गर्दै आरएण्डआर गु्रपले ‘नेपाल्स नेक्स्ट सुपर मोडल’ प्रतियोगिताको सुरुवात गरेको हो

    । हालसम्म अघिल्ला चार संस्करणमा क्रमशः करिश्मा केसी, सृष्टि तामाङ, स्वस्तिका प्रधान र सदा थापाले नेपाल्स नेस्क्ट सुपर मोडलको उपाधिमा जितिसकेका छन् ।

    पावरबाई खल्ती एप रहेको यस प्रतियोगिताका लागि आईआईएफटी अटायर पार्टनरका रुपमा रहेको छ भने पम्फाज फेसन ‘थिम पार्टनर’ रहेको छ ।

    त्यस्तै, प्रतियोगीहरुको मेकओभरको जिम्मेवारी ब्युटी गार्डेन र द ग्रुमिङ स्टेशनले लिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology