Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चरेस भारत लैजाँदै गर्दा एक महिला पक्राउ

चरेस भारत लैजाँदै गर्दा एक महिला पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ३०, २०७८ शुक्रवार • ०९:३९:४३ बजे
  • 1.6K
    SHARES
  • चरेस भारत लैजाँदै गर्दा एक महिला पक्राउ

    पर्सा प्रहरीले १० किलो लागुऔषध चरेससहित एक महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।

    images

    नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले रौतहट पिपरीया परोवा नगरपालिका–९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवीलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।

    रन्जुको साथबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

    रन्जुले चरेसको प्याकेट बनाई शरीरका विभिन्न भागमा लुकाएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकी महिला भरिया हुन् वा मुख्य कारोबारी हुन् त्यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एक महिला पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology