Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोनाको सीधा असर फोक्सोमा ‘कलेजो फेल’ हुन सक्ने

कोरोनाको सीधा असर फोक्सोमा ‘कलेजो फेल’ हुन सक्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १, २०७८ शनिवार • १९:१४:०७ बजे
  • 790
    SHARES
  • कोरोनाको सीधा असर फोक्सोमा ‘कलेजो फेल’ हुन सक्ने

    कोभिड–१९ भाइरसले विशेषगरी फोक्सोलाई बिगार्न सक्छ ।

    images

    कोरोनाको सीधा असर फोक्सोमा पर्छ । तर, हाम्रो कलेजोमा पनि यसको खतरा उत्तिकै रहन्छ । अमेरिकी युनिभर्सिटी अफ टेनेसीको एक अध्ययनले कोरोना संक्रमित भएका ११ प्रतिशत बिरामीमा कलेजोसम्बन्धी समस्या आउने बताएको छ ।

    कोरोनाविरुद्ध बनाइएका खोपहरु मानिसको कलेजो बचाउन सक्षम नभएको डाक्टरहरुको दाबी छ ।

    अध्ययनका अनुसार कोरोना भाइरसले कलेजोमा हुने महत्त्वपूर्ण एन्जाइम्सको मात्रा बढाइदिन्छ । उक्त एन्जाइमको नाम एलेनिन एमिनोट्रान्स्फरेज र एस्परटेट एमिनोट्रान्स्फरेज हो ।

    अध्ययनका अनुसार कोरोना भएका १५ देखि ५३ प्रतिशत मानिसहरुको कलेजोमा उक्त एन्जाइम्सको मात्रा अधिक पाइएको छ ।

    ती व्यक्तिहरुको कलेजो स्थायी रुपमा नै खराब भइसकेको थियो । कोरोनाका थुप्रै प्रकारका भेरियन्टहरु आएका छन् । जसमध्ये डेल्टा र ओमिक्रोनले कलेजोको मुख्य कोशिकाहरुमा नराम्रो असर पार्छ ।

    जसले गर्दा कलेजोको कार्य ढिलो गराइदिन्छ । कोरोना संक्रमितहरुलाई दिने औषधिले पनि कलेजोलाई बिगार्ने सम्भावना हुन्छ । कोरोना संक्रमण भएपछि कलेजो सुन्निने र जण्डिस हुने सम्भावना हुन्छ ।

    यसका साथै, संक्रमितको कलेजो फेल हुने सम्भावना पनि उत्तिकै हुन्छ । वैज्ञानिकका अनुसार मानिसमा पहिलेदेखि नै कलेजोसम्बन्धी समस्या छ भने कोरोनाले झन् संक्रमण बढाउने र मृत्यु समेत हुन सक्छ ।

    भारतको म्याक्स हस्पिटलका डा. जतिन अग्रवालले कोरोनाको लक्षण नदेखिए पनि शरीरका अंगहरु खराब हुन सक्ने बताएका छन् । लक्षण नदेखिएका धेरै संक्रमितको पनि कलेजोमा असर परेको उनले बताए ।

    डा. अग्रवालका अनुसार कोरोनाविरुद्ध बनेका खोपहरुले पनि कलेजोलाई सुरक्षा दिन सक्दैनन् । खोपले शरीरमा हुने संक्रमणलाई गम्भीर हुन नदिने मात्रै भएकाले कलेजोमा हुने संक्रमण नरोक्ने उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # कलेजो फेल’ हुन सक्ने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology