Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मंसिरपछि डिजिटल भुक्तानीमा सुधार

मंसिरपछि डिजिटल भुक्तानीमा सुधार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७८ सोमवार • ०८:४३:५४ बजे
  • 694
    SHARES
  • मंसिरपछि डिजिटल भुक्तानीमा सुधार

    मंसिरपछि विद्युतीय (डिजिटल) भुक्तानी पुनः बढ्दै गएको देखिएको छ । मासिक तथ्यांकका आधारमा कात्तिकमा डिजिटल भुक्तानी कारोबार घटेको थियो, तर मंसिरमा भने त्यस्तो कारोबार पुनः बढेको हो ।

    images

    नेपाल राष्ट्र बैंकबाट प्राप्त मङ्सिरसम्मको तथ्यांकअनुसार मङ्सिरमा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानीका माध्यमबाट हुने कारोबार रकम बढेको छ ।

    कात्तिकमा यी माध्यमबाट हुने कारोबार रकम घटेको थियो । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो ।

    कोरोना महामारी सुरु भएपछि नै नेपालमा डिजिटल भुक्तानी बढ्दै गएको थियो । तर, कात्तिकमा एकाएक डिजिटल भुक्तानीको बढ्दो ग्राफ रोकिएपछि विभिन्न आशंका उब्जिएको थियो । तर, मङ्सिरमा आउँदा भने डिजिटल कारोबारमा पुरानै लयमा फर्किन लागेको देखिएको छ ।

    गत कात्तिकमा कनेक्ट आइपिएसमार्फत रू २ खर्ब ३ अर्ब कारोबार भएको थियो, मङ्सिरमा त्यो बढेर २ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । गत कात्तिकमा ७८ अर्ब १५ करोड रहेको मोबाइल बैंकिङ कारोबार मङ्सिरमा भने ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

    यस्तै, इन्टरनेट बैंकिङ, मोबाइल, वालेट, क्यूआर बेस पेमेन्टबाट हुने कारोबार रकम पनि बढेको देखिन्छ । नेपाल राष्ट्र भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पौडेलले मङ्सिर लागेपछि डिजिटल भुक्तानी पुनः बढ्दो क्रममा फर्किएको बताए ।

    ‘चार्डपर्व नै भए पनि कात्तिकमा त्यति किनेमेलको काम हुँदैन, त्यसको असरले उक्त महीनामा डिजिटल भुक्तानीमा संकुचन आएको थियो,’ उनले भने, ‘तर, मङ्सिर लागेपछि डिजिटल भुक्तानी पुरानै लयमा फर्किएको छ ।

    अब यो क्रमशः बढ्दै जाने अनुमान छ ।’ यस्तै, कात्तिक त्रैमासिक क्लोजिङपछिको समय हुँदा पनि भुक्तानीसम्बन्धी कारोबार कम हुने उनले बताए । ‘असोजसम्म डिजिटल भुक्तानी बढ्दो क्रममा थियो । तर, कात्तिक भनेको पहिलो त्रैमासिक क्लोजिङपछिको समय हो । त्यस कारण कात्तिकमा त्यति भुक्तानीको काम हुँदैन,’ उनले भने ।

    पछिल्लो १ वर्षमा डिजिटल भुक्तानी ह्वात्तै बढेको उनको भनाइ छ । ‘यो वर्ष मासिक रूपमा डिजिटल कारोबार रकम तथा संख्यामा तलमाथि भएको छ । तर, गतवर्षको तुलनामा भने डिजिटल भुक्तानीमा एकदमै ठूलो ग्रोथ भएको छ,’ उनले भने, ‘साथै, अबको १र२ वर्षमा नै डिजिटल भुक्तानीले ठूलो फड्को मार्छ ।’ अहिले नगद र डिजिटल भुक्तानी सँगसँगै भइरहेको उनको भनाइ छ ।

    ‘अहिले सबै ठाउँमा डिजिटल भुक्तानीको सुविधा छैन । फलस्वरूप आम मानिसले अहिले एटीएम कार्ड, वालेटजस्ता डिजिटल भुक्तानीको माध्यमसँगै नगद पनि प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘आवश्यक पूर्वाधारको विकास भइसकेपछि नगदको प्रयोग नगण्य हुन्छ जस्तो लाग्छ ।’

    पछिल्लो समय राष्ट्र बैंकले पनि डिजिटल भुक्तानीलाई प्राथमिकतामा राख्ने आवश्यक पूर्वाधार बनाउने विषयमा जोड दिइरहेको उनको भनाइ छ । मिलन विश्वकर्माको बाइलनमा आर्थिक अभियानमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # मंसिरपछि डिजिटल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology