Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओमिक्रोन संक्रमितमा देखिए यस्ता २० वटा लक्षणहरु,कति दिन रहन्छ शरीरमा भाइरसको असर ?

ओमिक्रोन संक्रमितमा देखिए यस्ता २० वटा लक्षणहरु,कति दिन रहन्छ शरीरमा भाइरसको असर ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ३, २०७८ सोमवार • १६:५९:०६ बजे
  • 769
    SHARES
  • ओमिक्रोन संक्रमितमा देखिए यस्ता २० वटा लक्षणहरु,कति दिन रहन्छ शरीरमा भाइरसको असर ?

    विश्वभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले महामारीको रुप लिइसकेको छ ।

    images

    विश्वभर धेरैजसो व्यक्तिहरु ओमिक्रोन भेरियन्टले आक्रान्त परेका छन् । ओमिक्रोनको लक्षणहरुमा विभिन्न प्रकारका परिवर्तन देखिइरहेका छन् । फरक–फरक व्यक्तिमा ओमिक्रोनको लक्षण पनि फरक नै देखिएका छन् ।

    बेलायतको जेड्वोईले कोभिडको विषयमा गरेको अध्ययनले ओमिक्रोनको सबै २० वटा लक्षणहरुको बारेमा जानकारी दिएको छ । ओमिक्रोनका संक्रमितहरुमा यस्ता लक्षणहरु देखिएका छन् । 

    १. टाउको दुख्ने
    २. नाकबाट सिँगान बग्ने
    ३. थकान 
    ४.हाँच्छ्यु आउनु
    ५.घाँटी खसखस गर्नु
    ६. लगातार खोकी लाग्नु
    ७. कर्कश आवाज
    ८. चिसो लाग्नु वा शरीरमा कम्पन हुनु
    ९. ज्वरो 
    १०. रिँगटा लाग्नु
    ११. बास्ना नआउनु
    १२. ब्रेन फग
    १३. आँखा दुख्नु
    १४. मांसपेशी दुख्नु
    १५. भोक नलाग्नु
    १६.छाती दुख्नु
    १७. ग्रन्थीहरु सुन्निनु
    १८. कमजोरी
    १९. स्वाद नआउनु
    २०.छालामा र्याशेज आउनु 


    कहिलेसम्म रहन्छ यस्तो लक्षण 


    स्वास्थ्य विशेषज्ञका अनुसार ओमिक्रोनका लक्षणहरु डेल्टाको तुलनामा तीव्र गतिमा देखिन्छ । यसको इनक्युबेशन पीरियड पनि कम हुन्छ । संक्रमित भएको २ देखि ५ दिनमा नै लक्षणहरु देखिन्छन् ।

    ब्रिटिश एपिडेमोलोजिस्ट टिम स्पेक्टरका अनुसार सामान्यतयाः रुघाखोकी जस्ता लक्षणहरु ओमिक्रोनको संक्रमण हुँदा पनि देखिन्छ । सामान्यतयाः ५ दिनसम्म भाइरस रहन्छ ।

    सामाजिक दूरी, मास्क, सेनिटाइजर र कोरोना रोकथामका लागि विशेष ध्यान दिएमा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न सकिन्छ ।

    टिम स्पेक्टरका अनुसार डेल्टाको तुलनामा ओमिक्रोनको लक्षणहरु केही दिनसम्म मात्रै रहन्छ । यो भाइरसको लक्षण केही दिन मात्र देखिन्छ । ५ दिनमा नै परीक्षण नेगेटिभ आउँछ । धेरैजसो ३ देखि ५ दिनमा नै यो भाइरस कमजोर हुँदै जान्छ । 

  • सम्बन्धित विषय:

  • # ओमिक्रोन संक्रमित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology