Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महोत्सव आयोजकले मलाई क्षतिपूर्ति दिनुपर्छ: खेसरीलाल

महोत्सव आयोजकले मलाई क्षतिपूर्ति दिनुपर्छ: खेसरीलाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ५, २०७८ बुधवार • १४:१०:०९ बजे
  • 1.5K
    SHARES
  • महोत्सव आयोजकले मलाई क्षतिपूर्ति दिनुपर्छ: खेसरीलाल

    तेस्रो बर्जु महोत्सव आयोजक समितिले आफूलाई गुमराहमा राखेको भारत विहारका चर्चित भोजपुरी कलाकार खेसरीलाल यादवले बताएका छन् । यादवले मंगलबार बर्जुमा आयोजित कार्यक्रममा आउने कार्यसूची थियो ।

    images

    कार्यक्रममा आउँदै गर्दा उनलाई प्रशासनले विराटनगरमा नै रोकेको थियो । आयोजकले टिकट बिक्री गरे पनि कलाकार नबोलाएको भन्दै आक्रोशित भीडले स्टेज तोडफोड गर्दै ४ वटा स्कोरपियो गाडीमा आगजानी गरे ।

    घटनापछि आफू बसेको होटलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रशासनले दिएको अनुमति रद्द भएको विषयमा आयोजकले आफूलाई कुनै जानकारी नदिएको गुनासो गरे ।

    साथै हिजोको घटनामा आफ्नो डेढ करोडको क्षति भएको दाबी गर्दै उनले आयोजकले क्षतिपूति दिनुपर्ने बताए । “यो घटनामा जनताको दोष छैन, न त प्रशासनको न मेरो दोष छ ।

    दोषी भनेका आयोजक हुन् । उनीहरुले मलाई गुमराहमा राखे,” उनले भने । उनले बर्जुमा टिकट सो छ भन्ने विषयमा आफूलाई जानकारी नै नगराएको बताए ।

    “महोत्सव आयोजक समितिले कुनै जानकारी दिएन,” उनले भने,“प्रशासनले अगाडि नै रोक्न निर्देशन दिएको रहेछ, तर मलाई गुमराहमा राखे, यसमा मेरो, प्रशासन र सर्वसाधारणको कुनै कमजोरी छैन ।”

    गत पुसदेखि सुरु भएको महोत्सवको अन्तिम दिन मंगलबार यादव आउने भनेर आयोजकले टिकट बेचेका थिए । कोरोना संक्रमण बढेपछि दुईदिन अगाडि नै जिल्ला प्रशासन कार्यालयले भिडभाड गर्न नमिल्ने भन्दै कार्यक्रम रोक्द आदेश दिएको थियो । तर, आयोजकले त्यसलाई अटेर गर्दै यादवलाई निम्त्याएको थियो ।

    स्थानीय प्रशासनले कार्यक्रमको अनुमति नभएको र सुरक्षा दिन नसक्ने भन्दै यादवलाई बीच बाटोमै रोकेर होटलमा राखेको थियो । दिउँसो १२ बजेसम्म उनी महोत्सवस्थलमा नपुगेपछि आक्रोशित भीडले भारतीय नम्बर प्लेटका ४ वटा स्कोरपियो गाडीमा आगजनी गर्नुका साथै स्टेज, साउन्ड सिस्टम र लाइटहरु तोडफोड गरेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # खेसरीलाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology