कुवेत। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा यहि शुक्रबार अर्थात २१ जनवरिका दिन तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ।
यस अघि एनआरएनए कुवेतले पहिलो चरणको सालमियास्थित मेट्रो मेडिकल संग र दोस्रो चरणको मङ्गाफको फाहाहिल स्पोर्टिङ क्लवमा भलिबल प्रतियोगिता संगै एकै पटक MedX Medical Care संग सम्पन्न गरिसकेको छ।
तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविर भने MedX Medical Care संग मेडेक्स हस्पिटलमै गर्ने निर्णय भएको जानकारी एनआरएनए कुवेतका महासचिव तथा तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविर कार्यक्रमका संयोजक दिलकुमार पाख्रीनले बताएको छ।
उनका अनुसार यसपाली महिलाहरुलाइ लक्षित गरि शिविर आयोजना गरिएको भए तापनी पुरुषहरुले पनि यसको फाइदा उठाउन सक्नेछन।
यसपालिको शिविरमा पहिलो र दोस्रो चरणमा गरिएको भन्दा फरक ढङ्गले फरक चेकजाँछ हुने महासचिव पाख्रीनले बताए । यसपालिको शिविरमा उपस्थित हुनेहरुले CBC, FBS, CHOLESTEROL, ECG, URIN TEST र GP सम्बन्धी फाइदा लिन सक्नेछन।
CBC (complete blood count) अन्तरगत सबै रगत संग सम्बन्धित रोगहरु चेकजाँच हुनेछ भने FBS (Fasting blood sugar) अन्तरगत सुगर, प्रेसर इत्यादी चेकजाँच हुनेछन। त्यसपछी क्लोरोस्टेरोल ECG, URIN र GP (General Practitioner) Consultation हुनेछ।
"फरक हस्पिटल संग फरक स्थानम यस्तो शिविर गर्दा सबैतिरको नेपालिहरुले लाभ लिन सक्छ भन्ने उदेश्यले यसपाली फाहाहिल हाम्रो रोजाइको स्थान बनेको हो।"
उनले भने। उनले पहिले जस्तै बढी भिँडभाँड र अव्यवस्थित हुन्छ भनेर डाक्टर, हस्पिटल म्यानेजमेन्ट र संस्था भित्र पनि सल्लाह गरेर रजिस्टर गरेर फाइल बनाएपछी सिधा ल्याब टेस्टमा पठाउने, ल्याबमा ब्लड र युरिन दिएपछी क्लोरोस्टेरोल र इसिजिमा पठाउने, इसिजि सकिएपछी ल्याबको आफ्नो ब्लड र युरिनको रिपोर्ट पर्खिने र रिपोर्ट आएपछी रिपोर्ट लिएर डाक्टर कन्सल्ट्रेशनमा जाने गरि सहज बाटो तय गरेको छ।
साथै कोरोनाको बढ्दो महामारीलाई मध्येनजर गर्दै शिविरमा आउँदा अनिवार्य मास्क प्रयोग गर्नुहुन सबैमा अनुरोध गरिएको छ।
यस विषयमा थप जानकारिका लागि निम्नलिखित ब्यक्तिहरुसंग सम्पर्क गर्न सकिनेछ।
श्रवण गाहा मगर- 69058027
सजिना गुरुङ- 66578207
टीका आचार्य- 97593452
मनिष केसि- 51003611
हेमन्त नगरकोटी- 60753849