Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तपाईंको आजको राशिफल कस्तो छ ?

तपाईंको आजको राशिफल कस्तो छ ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ ६, २०७८ बिहिवार • ०८:२८:१९ बजे
  • 814
    SHARES
  • तपाईंको आजको राशिफल कस्तो छ ?

    आजको राशिफलः

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

    सामाजिक सेवामूलक कामबाट तपाईलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा समस्या आउनसक्छ । उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा हर्ष छाउने छ । विहान सूर्योदयको दर्शन गर्नाले मनमा उर्जा थपिने छ । नयाँ कामको शुरुवात हुनेछ ।

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

    तपाईलाई आज आकस्मिक धनलाभ हुनेछ । व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । आजको दिन कसैँसँग विवाद नगर्नुहोला ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

    धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो काम र स्वास्थ्यमा ध्यान दिनु होला ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

    कर्कट राशिका जातकहरुको लागि आजको दिन तपाईको सोचअनुसार नैं काम हुनेछ । चन्द्रमाको साथ रहेको छ । विहान सूर्यनारायणको दर्शन गर्नुभयो भने उर्जा थपिने छ । कुनै नयाँ कामको लागि तपाईलाई प्रस्ताव आउन सक्छ । आफ्नो कामलाई जिम्मेवारपूर्ण ढंगले गर्नुभयो भने तपाईको मनमा सफलता मिल्नेछ ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

    सिंह राशिका जातकले विहीबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । आजको दिन अध्यात्म कार्यको लागि समय दिनुहोला । भजन र कीर्तन श्रवण गर्नुहोला ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो)

    मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । आजको दिन परिवारका सदस्य र कन्यालाई भोजन गराउनु होला ।

    तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

    तुला राशिमा जातका लागि मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । आफ्नो नियमित काम गर्दा होसियारी, धैर्यतापूर्वक काम गर्नुहोला ।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

    सन्तान र स्त्रीजातिको साथ सहयोगले तपाईको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको सम्झना र ध्यान गर्नुहोला । ध्यान, साधना र मौनको आवश्यकता देखिन्छ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

    कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापार व्यबसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् ।

    मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    विहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ अध्ययन, चिन्तन र सिर्जनात्मक काममा समय खर्च गर्नुहोला ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology