पत्रकार तथा युवा लेखक एलबी विश्वकर्माको मृत्यु भएको छ ।
बुधबार राती ३ बजे अचानक मुटुमा समस्या देखिएर उपचारका लागि पाटन अस्पताल लैजाँदा डाक्टरले उनलाई मृत घोषणा गरेका उनका भाइ ललित टमाटाले जानकारी दिए ।
‘राति अचाजनक गाह्रो भएर पाटन अस्पताल लिएका थियौँ,‘डाक्टरले मृत घोषणा गरिदिए टमाटाले भने, । कसरी मृत्यु भयो भनेर डाक्टरले पनि स्पष्ट भन्नु भएको छैन ।’
उनका अनुसार एलबीको एन्टिजेन परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएको थियो ।
टीभी टुडे टेलिभिजनमा कार्यरत विश्वकर्मा त्यसअघि इमेज टेलिभिजन लगायत सञ्चारमाध्यममा उनले काम गरेका थिए ।
क्रियाशील दलित पत्रकार संघका केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले जातीय विभेदका विषयमा खरो लेख्ने युवा लेखकका रुपमा परिचय बनाएका थिए । उनको शव पाटन अस्पतालमा छ ।
उनलाई कोभिड १९ संक्रमण थियो वा थिएन ? भन्ने एकिन छैन ।