Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेलायती टेनिस खेलाडीलाई आतङ्कित पारेकोमा एक नेपाली दोषी

बेलायती टेनिस खेलाडीलाई आतङ्कित पारेकोमा एक नेपाली दोषी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७८ आइतवार • १३:४४:५४ बजे
  • 670
    SHARES
  • बेलायती टेनिस खेलाडीलाई आतङ्कित पारेकोमा एक नेपाली दोषी

    लन्डन । बेलायती टेनिस खेलाडी एम्मा र्‍याडुकानु एकजना नेपालीका कारण तनावग्रस्त बनेकी छन् ।

    images

    साउथ इष्ट लन्डनस्थित उनकै घरसम्म पुगेर पिछा गरेको आरोपमा ३५ वर्षीय अमृत मगरलाई ब्रोम्ली मेजिस्ट्रेट कोर्टले शुक्रबार दोषी ठहर गरेको हो । लन्डनस्थित एजवेयर बस्दै आएका विवाहित मगरले एम्माको पिछा गरेको र घरमा पुगेर उनको बाबुको जुत्ता सौगातको रूपमा चोरेको आरोपमा अदालतले दोषी ठहर गरेको हो ।

    ढोकामा राखिएको सिसिटिभी फुटेजबाट उनलाई समातिएको हो । डेली मेलले जनाएअनुसार गत डिसेम्बर महिनामा कम्तीमा तीन पटकसम्म मगर एम्माको घरमै पुगेका थिए ।

    विगतमा अमेजनको डेलिभरी ड्राइभरका रूपमा समेत काम गरेका उनले पहिलोपटक एम्माको घरमा पुगेर ’यु डिजर्भ लभ’ ( तिमी मायाको हकदार छौ) लेखेर फूलको गुच्छा छोडेका थिए ।

    त्यसक्रममा एम्माका बाबुआमाले भेटेर सोधपुछ गर्दा उनले आफू डेलिभरी ड्राइभर रहेको र फूल अरूले नै पठाएको भन्दै झुट बोलेका थिए । दोस्रोपटक एम्माको घरमा पुगेका मगरले क्रिसमस डेकोरेशनसहितको एक नक्सा कोरेर उनलाई भेट्न २३माइल लामो यात्रा गरेर आएको बताएका थिए ।

    अदालतसँगको बयानका क्रममा एम्माले मगरका कारण आफ्नो स्वतन्त्रता खोसिएको अनुभव गरेको सुनाएकी थिइन् । सोही कारण आफ्नो घरबाट बाहिर निस्किँदा र त्यसमा पनि एक्लै हुँदा आफूलाई झन् असुरक्षित महसुस हुने गरेको उनको बयान थियो ।

    यही तनावका कारण आफ्नो घर नै परिवर्तन गर्न चाहेको पनि उनले बताएकी थिइन् । १९ वर्षीय एम्माले गतवर्ष विश्व प्रतिष्ठित युएस ओपनको उपाधि जितेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # एक नेपाली दोषी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology