नेपालमा साेमबार ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार ३६८ पिसिआर परीक्षणका क्रममा ३ हजार ४७२ जना र ५ हजार ७२० एन्टिजेन परिक्षणका क्रममा १ हजार ८२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ७४३ जनाको मृत्यु भएको छ ।
साेमबार थप ८ हजार १९१ संक्रमित निको हुँदा नेपालमा ८ लाख ६२ हजार ८९८ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ७९ हजार २ सय ७२ सक्रिय संक्रमित आइसोलेसन र १ सय ४१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।