Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजले शिल्पालाई दिए पाँच फ्ल्याट

राजले शिल्पालाई दिए पाँच फ्ल्याट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७८ शनिवार • १३:३९:४० बजे
  • 997
    SHARES
  • राजले शिल्पालाई दिए पाँच फ्ल्याट

    पोर्नोग्राफी मामलामा पक्राउ परेर जमानतमा रिहा भइसकेका व्यापारी राज कुन्द्राले आफ्नो नाममा रहेको ५ वटा फ्ल्याट अभिनेत्री पत्नी शिल्पा शेट्टीको नाममा सारेका छन् ।

    images

    यो फ्ल्याटको मूल्य करोडौँ पर्छ । राजले मुम्बइस्थित एक भवनको पुरा पहिलो फ्लोर शिल्पाको नाममा सारेका हुन् । यो फ्ल्याटको मूल्य ३८ करोड ५० लाख पर्छ ।

    यो भवन समुन्द्र तटबाट करिब तीन सय मिटरको दूरीमा बनेको छ । जुहुमा परिवारका साथ बस्दै आएका राजले जुहुको घर पनि शिल्पाको नाममा सारेका छन् ।

    शिल्पाको जुहुको घर ५ हजार ९ सय ९५ स्क्वायर फिटमा फैलिएको छ । जसको ट्रान्सफरमा शिल्पाले १ दशमलब ९ करोड स्टाम्प ड्युटी दिएकी छन् । यो हस्तान्तरण जनवरी २१, २०२२ मा भएको थियो ।

    यद्यपि यो विषयमा आधिकारिक रुपमा कुनै जानकारी बाहिर आएको छैन । राज गत वर्षको जुलाइमा अश्लील फिल्म बनाएको र त्यसलाई एपमार्फत प्रसारण गरेको आरोपमा पक्राउ परेका थिए ।

    उनीमाथि कैयौँ धाराअनुसार मुद्दा दर्ता गरिएको थियो । जेलमा बसेको केही महिनापछि उनले जमानत पाएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजले शिल्पालाई दिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology