Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

आज तपाईंको राशिफल

आज तपाईंको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७८ आइतवार • ०८:३३:३१ बजे
  • 799
    SHARES
  • आज तपाईंको राशिफल

    आजको राशिफलः

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

    स्वास्थ्यमा समस्या हुनसक्छ विचार पुर्याउनु होला । मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आकस्मिक संकट आउनसक्ने छ । आर्थिक व्यय हुनेछ । आजको दिन नियमित कार्यबाहेक नयाँ काम नगर्दा वेश हुनेछ । सूर्योदयको दर्शन गर्नुहोला।

    वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

    तपाइको आज अर्थलाभ हुनेछ । व्यापार ब्यबसायबाट अचानक आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । आफनो स्वास्थ्यमा ख्याल राख्नुहोला । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

    तपाईको आज धनलाभ र नयाँ सुखद खबरले तपाईलाई खुसियाली छाउने छ । आजको दिन नयाँ काम गर्दा सफलता प्राप्त हुनेछ । विहान सूर्यनारायणको दर्शन गरेर आज गरेका तमाम कार्य सफलता हुनेछ । दाम्पत्य जीवनमा सौहर्दता छाउने छ । आजको दिन कसैसँग पनि विवाद नगर्नुहोला ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

    आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर मात्र निर्णय गर्नु वेश हुनेछ । नियमित कामबाहेक अन्य नयाँ कामको लागि दिन उपयुक्त छैन ।

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

    सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेक आफ्नो कार्य गर्नुहोला । परिवारमा खुसियाली छाउने छ ।

    कन्या (टो.प.पी.पू.ष.ण.ठ.पे.पो)

    आजको दिन छोटो दुरीको यात्रा हुनसक्छ । आफन्तजनको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईका लागि सकारात्मक सोच बढ्ने छ ।

    तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते)

    सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । तपाईको लागि आजको दिन धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । कसैलाई पनि तपाईबाट हानी हुने काम र मनमा दोष लाग्ने काम नगर्नुहोला।

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

    सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । त्यसैले काम गर्दा विचार पुर्याउनु होला। आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्छ । आफन्तजनहरुसँग विवाद हुनसक्छ ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    ब्यापार ब्यबसायबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । मानसम्मान प्राप्त हुनेछ । आफ्नो कार्यक्षेत्रमा सफलता मिल्नेछ ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

    तपाईको मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईलाई हौसला दिनेछन् । सामाजिक काममा मन जानेछ । आजको दिन परिवारमा सदस्यबीच सौहार्दता छाउने छ ।

    मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    विहानैं सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । चन्द्रमाको साथ रहेको छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन निकै महत्वपूर्ण दिन हो । आजको दिन शैक्षिक कार्ययोजना बनाएर अघि बढ्नु होला । परिवारका सदस्यहरुलाई समेत शैक्षिक सामग्री दिनुहोला ।

  • सम्बन्धित विषय:

  • # आज तपाईंको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology