मयूरपाटी - नेपाली दूतावास कुवेतलाई कुवेतमा रहेका दर्जनौं नेपाली संघ-संस्थाले संयुक्त रुपमा गैर आवासीय नेपाली संघ कुवेतको नेतृत्वमा ७ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
खाडी मुलुक कुवेतमा रोजगारीको शिलशिलामा श्रम गरिरहेका नेपालिहरुको असन्तुष्टिलाई ज्ञापनपत्रमार्फत कुवेतमा क्रीयाशिल विभिन्न राजनैतिक दलका भातृ संगठनहरु लगायत अन्य सामाजिक र जातीय संस्थाहरुले गैर आवासीय नेपाली संघ कुवेतको नेतृत्वमा नेपाली दूतावासलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका छन ।
कोरोना महामारीका कारण रोजगार बिहिन भइ अलपत्र परेका नेपाली घर फर्किनको लागि नेपाल सरकारले तोकेको भाडादर अत्यन्तै महंगो भएका कारण स्वदेश फर्किन निकै समस्या परेको छ । त्यसैले नेपाल सरकारले तोकिएको भाडादर प्रतिस्पर्धात्मक उडान गराउन नेपाल सरकारका सम्बन्धित नियोग संग समन्वय गर्नुपर्ने, दूतावासको सम्पर्क नम्बरमा सम्पर्क गर्दा फोन नउठाउने वा समस्याको सुनुवाइ नहुने भएको र त्यसलाई ब्यबस्थित गर्न दूतावासको उक्त हटलाइन नम्बरमा व्हाट्स एप, इमो, भाइभर जस्ता निशुल्क कलिङ एप्लिकेशन समावेश गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी कम्पनी बन्द भएर अत्यन्तै समस्यामा परेका नेपालिहरुलाई नेपाल सरकारसंग समन्वय गरि निशुल्क वा सस्तो दरमा उद्दार गर्न पहल गर्ने, बिरामी भएका नेपालिहरुले एम्बुलेन्स बोलाउँदा एम्बुलेन्स सेवा ढिलाइ वा सुनुवाइ नहुने भएको हुँदा आवश्यक स्थानमा दूतावासद्वारा एम्बुलेन्सको ब्यबस्था गर्न पहल गर्ने लगायतका ७ ओटा बुँदाहरुमा दर्जनौं संघ संस्थाका अध्यक्षद्वारा हस्ताक्षर गरि नेपाली दूतावास कुवेतका महामहिम दुर्गाप्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाएको छ ।



