Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज देशभरको मौसम

आज देशभरको मौसम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७८ शुक्रवार • १०:३५:४४ बजे
  • 889
    SHARES
  • आज देशभरको मौसम

    हाल देशभरको मौसममा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ ।

    images

    आज बिहान तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आज राति प्रदेश १ को पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    शनिबार भने मौसममा सुधार हुने देखिएको छ । देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आँकलन महाशाखाले गरेको छ ।

  • सम्बन्धित विषय:

  • # आज देशभरको मौसम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology