Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खाडी बाट फर्केका मजदुरलाई होटेलमा महँगो तिरेर बस्न बाध्य पार्ने कार्य तुरुन्तै सच्चाउनु पर्छ : प्रवासी नेपाली एकता मञ्च ओमान

खाडी बाट फर्केका मजदुरलाई होटेलमा महँगो तिरेर बस्न बाध्य पार्ने कार्य तुरुन्तै सच्चाउनु पर्छ : प्रवासी नेपाली एकता मञ्च ओमान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०७७ सोमवार • १६:३०:०४ बजे
  • 3.0K
    SHARES
  • खाडी बाट फर्केका मजदुरलाई होटेलमा महँगो तिरेर बस्न बाध्य पार्ने कार्य तुरुन्तै सच्चाउनु पर्छ :  प्रवासी नेपाली एकता मञ्च ओमान
    नेपालीको रोजगार मुलुक खाडी लगायत विश्व नै कोरोना बाट आक्रान्त भएको छ । यस परिपक्षमा विभिन्न मुलुकमा वैदेशिक रोजगारी गर्दै आएका प्रवासी नेपालीहरू दिनानु दिन रोजगार गुमाएर पीडित बन्दै गएको र त्यसमा पनि भनेको बेलामा मुलुक फर्किन नपाउँदा थप पीडामा परेका छन ।

    यस विपदको घडीमा सरकारले निशुल्क आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन नसक्नुले लज्जित बनाएको भन्दै आरोप लगएको छ । मुस्किलले पि. सि. आर टेष्ट गर्दै आफै टिकट काटेर आउन खोजेका पीडित नेपालीहरूलाई समेत थप आर्थिक भार पर्ने गरि राजधानीको होटलहरूमा अनिवार्य क्वारेण्टाईन बस्नु पर्ने व्यवस्था गरेर प्रवासी नेपालीहरूको पक्षमा अहित तथा चोट पुर्याउने कार्य गरेको छ ।

    यो कार्य तुरुन्तै सच्चाउनु पर्ने भन्दै प्रवासी नेपाली एकता मञ्च ओमानका अध्यक्ष उमेश विश्वकर्माले खाडीमा कार्यरत मजदुरहरुको हकहितमा राज्यले काम गर्नु पर्ने भन्दै एक प्रेस विज्ञप्ती जारी गरेका छ्न । 


    प्रेस विज्ञप्ती
    MANCH.jpg


    कोभिड १९ र त्यसको प्रतिकुल प्रभावले आज विश्व नै आक्रान्त भएको छ । यस परिपक्षमा विभिन्न मुलुकमा वैदेशिक रोजगारी गर्दै आएका प्रवासी नेपालीहरू दिनानु दिन रोजगार गुमाएर पीडित बन्दै गएको र त्यसमा पनि भनेको बेलामा मुलुक फर्किन नपाउँदा थप पीडामा परेको कुरा सर्वविधितै छ । यस विपदको घडीमा सरकारले निशुल्क आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन त सकेनन् सकेनन् तर बहुत मुस्किलले पि.सि.आर टेष्ट गर्दै आफै टिकट काटेर आउन खोजेका पीडित नेपालीहरूलाई समेत थप आर्थिक भार पर्ने गरि राजधानीको होटलहरूमा अनिवार्य क्वारेण्टाईन बस्नु पर्ने व्यवस्था गरेर प्रवासी नेपालीहरूको पक्षमा अहित तथा चोट पुर्याउने कार्य गरेको छ । सरकारक‍ो यस कार्य प्रति घोर विरोध जनाउँदै प्रवासी नेपाली एकता मञ्च ओमानले तत्काल यो अनिवार्यताको व्यवस्था हटाई पी.सि.आर जाँच नेगेटिभ देखिएकाहरूलाई होम क्वारेण्टाईनको लागि आ-आफ्नो गाउँ ठाउँ या घर सम्म पुर्याउने व्यवस्थाको लागि यस प्रेस विज्ञप्ती मार्फत जोडदार माग गर्दछ ।

    उमेश विक
    (अध्यक्ष)

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology