Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

२४ घन्टामा थपिए ६८० कोरोना संक्रमित, २ जनाको मृत्यु

२४ घन्टामा थपिए ६८० कोरोना संक्रमित, २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७८ मंगलवार • १९:३१:१८ बजे
  • 982
    SHARES
  • २४ घन्टामा थपिए ६८० कोरोना संक्रमित, २ जनाको मृत्यु

    नेपालमा मंगलबार ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    देशभर गरिएको ४ हजार २ सय ५६ पिसिआर परीक्षणका क्रममा ४९८ जना र २ हजार ८ सय ३९ एन्टिजेन परीक्षणका क्रममा १ सय ८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९०२ जनाको मृत्यु भएको छ । मंगलबार थप १ हजार ८३५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ४२ हजार ७३७ जना निको भएका छन् ।

    हाल नेपालमा १९ हजार ४ सय सक्रिय संक्रमित आइसोलेसन र ११२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology