Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

थप ५७० जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

थप ५७० जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७८ बिहिवार • १८:१५:२९ बजे
  • 1.0K
    SHARES
  • थप ५७० जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

    मुलुकभर पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७८९ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images

    मन्त्रालयका अनुसार ७ हजार २८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ६४ जना र २ हजार ७६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १३ हजार १०७ पुगेको छ । सोही अवधिमा १ लाख ६४ हजार ४७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    हाल नेपालमा १६ हजार ६१६ जना सक्रिय संक्रमितहरुका रहेका छन् । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ९९३ जना निको भएर घर फर्किएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ४६ हजार ३३० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७८९ जनाको परीक्षण हुँदा हालसम्म कुल ६३ लाख ९२ हजार ७७० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

    यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९११ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology