Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विवाहमा सहभागी १३ महिला र १ बालिकाको इनारमा खसेर मृत्यु

विवाहमा सहभागी १३ महिला र १ बालिकाको इनारमा खसेर मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ५, २०७८ बिहिवार • १८:२०:४१ बजे
  • 649
    SHARES
  • विवाहमा सहभागी १३ महिला र १ बालिकाको इनारमा खसेर मृत्यु

    एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र १ बालिकाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

    images

    उत्तर प्रदेश राज्यको कुशीनगरमा रहेका वरिष्ठ प्रहरी अधिकारी अखिल कुमारले बिहीबार पत्रकारहरूलाई भने, पीडितहरू बुधबार इनार छोप्ने फलामको स्ल्याबमा बसिरहेका थिए ।

    जिल्ला अधिकारी एस राजलिंगमले इनार पुरानो भएकाले किनारको ढकनीले बस्नेहरुको तौल खप्न नसकेपछि पीडितहरू तल खसेका र भग्नावशेषमुनि दबिएका बताउनु भएको छ ।

    गाउँमा विवाह समारोहमा सहभागी हुन महिला र बालबालिका भेला भएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई ‘हृदयविदारक’ भएको बताउनु भएको छ ।

    स्थानीय प्रशासन सहयोगमा संलग्न रहेको उहाँले ट्वीटमार्फत बताउनु भएको छ । भारतीय विवाहहरू प्रायः ठूलो संख्यामा पाहुनाहरू आउने र धेरै दिनसम्म चल्ने भव्य समारोहको रुपमा मानिन्छ ।

    सन् २०१७ मा उत्तरपश्चिमी राज्य राजस्थानमा एक विवाह समारोह भईरहेको अवस्थामा आएको आँधीबेहरीको क्रममा पर्खाल भत्किँदा २४ व्यक्तिको मृत्यु भएको थियो । – एजेन्सी

  • सम्बन्धित विषय:

  • # इनारमा खसेर मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology