Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेकपा एस कतारको मजदुर शाखा गठन,अध्यक्षमा एकराज 

नेकपा एस कतारको मजदुर शाखा गठन,अध्यक्षमा एकराज 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ७, २०७८ शनिवार • ०८:५१:३७ बजे
  • 1.9K
    SHARES
  • नेकपा एस कतारको मजदुर शाखा गठन,अध्यक्षमा एकराज 

    कतार,दोहा/ नेकपा एकीकृत (समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च विदेशका नेपालीहरु बिच क्रियाशील हुँदै संगठन निर्माणमा केन्द्रित भएको छ।

    images

    यसै क्रममा आज एकीकृत समाजवादी पार्टीनिकट मजदुर संगठन एकीकृत ट्रेड युनियन महासंघ नेपाल (ICTU ) को प्रवास कमिटी एकीकृत नेपालि प्रवासी श्रमिक संघ कतार शाखाको गठन गरेको छ।

    प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष राम हरि गैरेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले एक राज कटवाल (दिनेश)को अध्यक्षतामा १५ सदस्यीय कतार शाखाको तदर्थ समिति बनाएको छ।समितिको उपाध्यक्षद्वयमा ज्वाला शाही र सुबास रानाभाट,महासचिव गणेश ढकाल, सचिव (संगठन) पदम रानाभाट, सचिव (आर्थिक) चन्द्र  कुँवर छन्।

    त्यसैगरी सदस्यहरुमा राजु बि. क,रोज थापा,पूर्ण सेन्चुरी, बिराज राई, सम्झना लामा, रुप बाहादुर रानाभाट, बम बाहादुर रानाभाट, गीता बि.क तथा  भिम क्षेत्रीलाई चयन गरेको छ।

    a2.jpg

    मञ्चका अध्यक्ष रामहरि गैरेले समाजवादी आन्दोलनको अग्रपङ्क्ति नै मजदुर भएकोले यसको नयाॅ नेतृत्वलाई शुभकामना तथा बधाइ दिँदै प्रवासी नेपाली मजदुरका समस्यामा जोडिदैं राजनीतिलाई समाज रुपान्तरणको प्रमुख बिषय बनाउनु पर्ने बताए।

    अध्यक्ष राज कटवाल (दिनेश)ले सङ्गठनलाई समाजवाद निर्माणको पर्खालमा एउटा इट्टा थप्ने र कतारका मजदुरहरूलाई संगठनमा आवद्ध गर्दे समयमै अधिवेशन गर्ने बताए।

  • सम्बन्धित विषय:

  • # अध्यक्षमा एकराज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology