Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बन्धक बनाएर विवाहित महिला रातभर बलात्कार

बन्धक बनाएर विवाहित महिला रातभर बलात्कार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७८ आइतवार • ०८:२८:०४ बजे
  • 1.6K
    SHARES
  • बन्धक बनाएर  विवाहित महिला रातभर बलात्कार

    बन्धक बनाएर एक विवाहित महिला बलात्कृत भएकी छन्।

    images

    मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कारको शिकार भएकी हुन्। महिला बलात्कृत भएपछि पीडित पक्षले मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ।

    आरोपित ती व्यक्ति फरार रहेको र खोजी कार्य भइरकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। ‘अदालतले पक्राउ पुर्जी जारी गरेको छ, जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ, ती व्यक्तिको खोजीका साथै थप अुनसन्धानमै छौं।’

    उनले भने। गत माघ २४ गते मेलौल नगरपालिकाको केन्द्रमा रहेको एनसीसी बैंकबाट अपांगता भएकी चार वर्षीया छोरीको बालपोषण भत्ता लिएर घर फर्किने क्रममा उनीमाथि मेलौली नगरपालिका–१ को द्वारशैनीमा बलात्कार भएको आफन्तले बताएका छन्।

    सुस्त मनस्थिति भएकी ती महिलालाई घर फर्किने क्रममा साँझ पाँच बजे एक्लै हिँडिरहेका बेला मदिरा सेवन गरेका नेगीले जबरजस्ती गोठमा लगेर रातभर बलात्कार गरेको पीडित पक्षले बताएका छन्।

    पीडित महिलाको छाती, गाला र शरीरका विभिन्न भागमा घाउ भएका छन्। पीडित महिलाका १ छोरा र १ बोल्न तथा हिँडडुल गर्न नसक्ने अपांगता भएकी छोरी छिन्।

    श्रीमान् पनि घरमै रहेका बताइएको छ। आरोपित नेगी पनि विवाहित हुन्। समाचार आजको नेपाल समाचार पत्र दैनिकमा प्रकाशित छ ।

  • सम्बन्धित विषय:

  • # रातभर बलात्कार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology