Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोर्चुगलमा नेपाली दूतावास स्थापनाको माग

पोर्चुगलमा नेपाली दूतावास स्थापनाको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७८ बुधवार • १०:१८:२४ बजे
  • 1.6K
    SHARES
  • पोर्चुगलमा नेपाली दूतावास स्थापनाको माग

    पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले नेपाली दूतावास स्थापनाको माग गरेका छन् ।

    images

    नेपाल सरकारमाथि दवाव बढाउने उद्देश्यका साथ ‘नेपाली राजदूतावास अभियान समूह’ लिस्वनको अलमेदा पार्कमा सांकेतिक प्रदर्शन गरेका हुन् ।

    ‘जसरी जीवनका लागि पानीले महत्व राख्दछ त्यसरी नै नेपालीहरु भएको देशमा दूतावास चाहिन्छ’ भन्दै उनीहरुले पार्कमा पानी वितरण गरेका थिए ।

    अभियानका अगुवा गंगा बहादुर नेम्कुलले अनुसार दूतावास नहुँदा नेपालीहरुलाई कुनै समस्या पर्दा गुहार गर्ने ठाउँसम्म नभएका कारण आफूहरुले निरन्तर आवाज उठाइरहेको बताए ।

    कार्यक्रममा महिला संघ पोर्चुगलका अध्यक्ष माया खरेल, अभियानकर्ता नवीन तिमल्सिना लगायतले आफ्नो धारणा राखेका थिए ।​ पोर्चुगलमा झण्डै ४० हजार हाराहारीमा नेपाली रोजगारीको शिलशिलामा बसोबास गर्दै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # दूतावास स्थापनाको माग
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology