Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओमानमा दूताबास भवन बनाउन नेपालले २० वर्षका लागि जग्गा किन्यो

ओमानमा दूताबास भवन बनाउन नेपालले २० वर्षका लागि जग्गा किन्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०७७ मंगलवार • १९:५७:१९ बजे
  • 4.1K
    SHARES
  • ओमानमा दूताबास भवन बनाउन नेपालले २० वर्षका लागि जग्गा किन्यो

    ओमानको राजधानी मस्कटमा आवासीय दूतावास भवन बनाउनका लागि नेपालले जग्गा लिजमा लिएको छ । २० वर्षका लागि खरिद गरिएको जग्गाको मूल्य नेपालले प्रतिवर्ष ६ लाख ३७ हजार ७३५ रुपैयाँ बुझाउनुपर्छ ।

    images

    जग्गा खरीद सम्बन्धी सम्झौतामा मंगलबार ओमानस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकालले हस्ताक्षर गरेकी छिन् । ओमान सरकारका तर्फबाट त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबीले हस्ताक्षर गरे ।


    नेपाली दूतावास भएका देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीतिबमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको छ  ।

    हाल भाडामा रहेको ओमानस्थित नेपाली दूताबासको कार्यालय एवं आवासीय खर्च मासिक १५ लाखभन्दा बढी अर्थात, वार्षिक १ करोड ८३ लाखको हाराहारीमा हुने गरेको छ ।
    OMAN EMM.jpg

    सम्झौताअनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१ सय वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको हो । उक्त अवधिपश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइने सम्झौतामा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology