Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेत र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव यसरी मनाईयो

कुवेत र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव यसरी मनाईयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०७८ आइतवार • ११:०२:५५ बजे
  • 1.1K
    SHARES
  • कुवेत र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव यसरी मनाईयो

    नेपाल र कुवेतको कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवको सन्दर्भमा नेपाली दूतावास कुवेतको सभाहलमा २५ फेब्रुअरी शुक्रवारको दिन प्रवासी नेपाली श्रमिकको दृष्टिमा अबको वैदेशिक रोजगार अनुभव, अवसरहरु विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

    images

    नेपाल र कुवेतको कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सव तथा अन्तरक्रियात्मक कार्यक्रमको अध्यक्षता नेपाली दूतावास कुवेतका महामहिम दुर्गाप्रसाद भण्डारीले गर्नुभएको थियो।

    भने कुवेत का कृयाशिल विभिन्न सघ सस्था का प्रतिनिधि को उपस्थित रहेको थियो । कार्यक्रममा प्रवासी नेपाली श्रमिकको दृष्टिमा अबको वैदेशिक रोजगार अनुभव, अवसरहरु विषयमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो।

    कार्यक्रममा विषयवस्तु भन्दा बाहिर गएर पनि छलफल भएको थियो। कार्यक्रम संचालन नेपाली दूतावासका द्वितीय सचिव श्रीकृष्ण सिलवालले सञ्चालन गरेका थिए भने, सहभागीहरुलाई मिनिस्टर काउन्सिलर प्रकाशमणि पौडेलले स्वागत मन्तव्य दिएका थिए।

    अन्तरक्रिया कार्यक्रमा गैरआवासीय संघ कुवेतका पदाधिकारीलाई मन्तव्यको पहिलो प्रथामिकतामा राखिएको थियो भने, त्यसपछि मात्रै अरु सहभागीलाई बोल्न दिएको थियो।

    आफ्नो अनुभव साथै विभिन्न बिषयमा आवाज उठाएका थिए। अन्तरक्रिया कार्यक्रममा सबै जनाले कुवेतमा कामको अनुभव शेयर गरेका थिए भने, प्रायःजसो सबैले नेपाली दूतावास कुबेतको कमी कमजोरीहरु औल्याएका थिए।

    अन्तरक्रिया कार्यक्रममा सोधेका प्रश्नको जवाफ दिदै महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीले म र दूतावासले गर्ने सहयोग तपाईहरु समक्ष सधै हुनेछ। तपाईंले दूतावासको हटलाईन टेलिफोन, इमेल तथा फेसबुक पेजको माध्यमबाट हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ।

    महामहिम राजदूतले कुवेतको नियम कानुनलाई पालना गरेर अगाडि बढे कुनैपनि समस्या पर्दा दूतावासले सहयोग गर्न तयार रहेको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology