Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुस-युक्रेन गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु

रुस-युक्रेन गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७८ बुधवार • ०९:३२:१८ बजे
  • 1.3K
    SHARES
  • रुस-युक्रेन गोलाबारीमा एक भारतीय विद्यार्थीको मृत्यु

    एजेन्सी । भारतले युक्रेनमा एक आफ्नो देशका विद्यार्थीको मृत्यु भएको पुष्टि गरेको छ ।

    images

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले यसबारे जानकारी दिएका हुन् । उनले ट्वीटमा लेखेका छन्, ‘खारकिएभमा गोलीबारीमा एक भारतीय विद्यार्थीको मृत्यु भएको कुरा गर्दा हामीलाई गहिरो चोट लागेको छ ।

    मन्त्रालय परिवारको सम्पर्कमा छ र मेरो सहानुभूति परिवारप्रति छ ।’ अरन्दिम बागचीले ट्वीटमा लेखेका छन्, ‘विदेश सचिव रुस र युक्रेनका अधिकारीसँग कुरा गरिरहेका छन् र भारतीय नागरिकलाई सुरक्षित त्यहाँबाट निकाल्न माग गरिरहेका छन् ।’

    केही घण्टाअघि भारतले आफ्ना नागरिकलाई तत्काल युक्रेनको राजधानी किभबाट निस्कन भनेको थियो ।

    युक्रेनस्थित भारतीय दूतावासले ट्वीट गरेर भारतीय नागरिकलाई ‘जे साधन उपलब्ध छन्, त्यसमार्फत् निस्कनुहोस्’ भनेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology