नेपाली राजदूतावास कुवेतको आयोजना तथा कुवेतमा कार्यरत नेपाली समुदायको सहयोगमा कुवेतको सैन्ट्रल ब्लड बैंक, जाब्रियामा आगामी २५ मार्च २०२२ शुक्रवारका दिन रक्तदान कार्यक्रम हुने भएको छ ।
सन् १९७२ मा नेपाल र कुवेत राज्य बीच कूटनीतिक सम्बन्ध स्थापना भई यो वर्ष (सन् २०२२ मा) ५० वर्ष पुरा भएको कूटनीतिक सम्बन्ध स्थापनाको यो ५० औ वार्षिकोत्सवको शुभ अवसरलाई विविध कार्यक्रम गरी
मनाउने क्रममा नेपाली राजदूतावास, कुवेतको आयोजना तथा कुवेतमा रहेका नेपाली समुदायको सहयोगमा रक्तदान कार्यक्रम गर्न लागिएको हो ।
स्वास्थ्यकर्मीहरूबाट रक्तदान गर्नु पूर्व रक्तदान केन्द्रमा सामान्य स्वास्थ्य परिक्षण पश्चात् मात्र रक्तदान गर्ने सकिने दूतावसले जनाएको छ । यस विशेष अवसरमा आयोजना हुने पवित्र कार्य (रक्तदान कार्यक्रम) मा स्वतः स्फूर्त सहभागिताका लागि समेत कुवेतमा कार्यरत नेपालीहरुलाई नेपाली राजदूतावास, कुवेतले आग्रह गरेको छ ।
रक्तदाताहरूले रक्तदान गर्नु भन्दा पहिले र गरे पस्चात ध्यान ढिनु पर्ने कुराहरू :
रक्तदान गर्नु भन्दा पहिले
१) साधारण पौष्टिक खाना खाले, भोको पेट हुनु हुन्न ।
२) रक्तदान गर्नु पहिले प्रसस्त पानी पिउने ।
३) अघिल्लो रात प्रसस्त सुत्ने ।
४) आफ्नो परिचय पत्र (सिमिल आईडी वा पासपोर्ट कपी) साथमा लिएर जाले ।
रक्तदा गरी सके पस्चात् :
१) केही हल्का खाजा खाने वा जुस पिउने ।
२) पानी वा जुस प्रसस्त पिउले ।
३) घेरै हिड्दुल नगरि केही बेर आराम गर्ने ।
४) कमसेकम रक्तदान गरेको २४ घण्टा सम्म भारी काम नगर्ने ।
रक्तदान कार्यक्रमको मिति, समय र स्थान निम्न रहेको छ ।
मितिः शुक्रबार, २५ मार्च २०२२, दिउसो १ बजे
स्थानः सैन्ट्रल ब्लड बैंक, जाब्रिया, कुवेत सिटी ।
उल्लिखित रक्तदान कार्यक्रमबारे निम्न बमोजिमको नम्वरहरूमा सम्पर्क गरी रक्तदान बारे बिस्तृत जानकारी लिन सकिने छ ।
१) ९८८६९१२१ - द्वितीय सचिव जानकी ओझा ( नेपाली राजदूतावास)
२) २५३२१६०३ - द्वितीय सचिव श्रीकृष्ण सिलवाल (नेपाली राजदूतावास)
३) +९६५-६९६१४९९४- राजु गुरूङ (नेपाली समुदाय)
४) +९६५-५५५४१३७१ - खोप गुरूङ (नेपाली समुदाय)
