Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

हेर्नुस् आजको राशिफल

हेर्नुस् आजको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७८ शनिवार • ०९:३२:१८ बजे
  • 1.2K
    SHARES
  • हेर्नुस् आजको राशिफल

    आजको राशिफल:

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

    मेष राशिका जातकका लागि आजको दिन व्यापार ब्यवसायबाट लाभ हुने छ । परिवारको साथ सहयोगले मात्र तपाईंको योजना सफल हुनेछ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु उत्तम हुनेछ । यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । यात्रा अघि घरका जेष्ठ र श्रेष्ठ सदस्यबाट आशीर्वाद लिएर मात्र हिँड्नुहोला ।

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

    वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुन सक्छ यस्तो अवस्थामा तपाईंको सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठुला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना बन्न सक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । अर्थहानी हुनेसक्ने छ त्यसैले सर्तक अप्नाउनुहोला । आजको दिन मौन रहनु उत्तम हुने छ ।    

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

    परिवार र आफन्तजनहरुले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । आजको दिन परिवारका सदस्य  र अन्य कोही सदस्यसँग विवाद गर्दा पनि हानी हुनसक्छ । आजको दिन घर बाहिर निस्कनु यति लाभकारी हुनेछैन ।

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

    कर्कट राशिका जातकले शनिबारको दिन विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । शिवालय क्षेत्रमा गएर कुनै भोका व्यक्तिलाई खाना र बस्त्र दान दिनुहोला । शनिदेवको उपास्य गर्नु लाभदायी हुनेछ ।  

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

    आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । आजको दिन  तपाईंमा उत्साह बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । सहयोगी आफन्त र मित्रहरुबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ । विहान सूर्योदयको दर्शन गरेर मात्र कार्य अगाडि बढाइदिनुहोला । परिवारका साथ मिष्ठान भोजन गर्नु उत्तम हुने छ ।   

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

    तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट तपाईंलाई सफलताप्राप्त हुने छ । स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनुहोला । शिवालय  यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । तपाईले कसैलाई अपमान नगर्नुहोला ।  

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

    आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको सुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ। 

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

    आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुने छ । आर्थिक व्यय हुने संभावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने संभावना रहेको छ होस् पुर्याउनु होला । आजको दिन गृहस्थ कर्म गरेर समय विताउनु भयो भने तपाईको भलाइ हुने छ ।  

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

    आजको दिन तपाईले सोचअनुसारको काम हुने छ । आफन्त र परिवारजनबाट साथ सहयोग हुने छ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्ने छ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नै तपाईलाई सकारात्मक उर्जा मिल्ने छ । 

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

    देवालय र शिवालयको यात्राले  तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आफ्नो नित्य कर्मयात्रामा निरन्तर लागिरहनु होला । विवाद हुने काम नगर्नुहोला ।

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

    आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा तपाईमा सकारात्मक सोच आउने छ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुने छ । साना बालबालबालिकहरुलाई केही खाना र बस्त्र दान दिनुभयो भने तपाईको मनमा हर्ष छाउने छ । शनिदेवताको मन्त्रजप गर्नाले पनि तपाईलाई फाइदा हुने छ । मौन रहनु तपाईको लागि शुभ हुने छ ।  

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

    आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुने छ । बिहान पहिले सूर्योदयको दर्शन गनुहोला ।। गृहस्थ कर्ममा समय बिताउनुहोला । सामाजिक सेवा र चिन्तनको काममा समय दिनुहोला । नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला । आजको दिन ध्यान, जप गर्दा आत्मिक शक्ति वृद्धि हुने छ ।

  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology