Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बलात्कार आरोपको अनुसन्धान गर्न पल शाहलाई गैँडाकोट ल्याइयो

बलात्कार आरोपको अनुसन्धान गर्न पल शाहलाई गैँडाकोट ल्याइयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २४, २०७८ मंगलवार • १८:३७:४८ बजे
  • 985
    SHARES
  • बलात्कार आरोपको अनुसन्धान गर्न पल शाहलाई गैँडाकोट ल्याइयो

    नाबालिग बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैँडाकोट ल्याइएको छ ।

    images

    तनहुँ प्रहरीमा बलात्कारको जाहेरी दिएकी किशोरीले गैँडाकोटको एक रिसोर्टमा पनि शाहले बलात्कार गरेको भन्दै दुई साताअघि गैँडाकोट प्रहरीमा पनि जाहेरी दर्ता गरेकी थिइन् ।

    उक्त मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिए ।

    आरोपित शाहलाई एक घन्टा अगाडि गैँडाकोट ल्याएको हो । बलात्कार मुद्दामा तनहुँ प्रहरीले पनि दोस्रो पटक १२ दिनको म्याद लिएर शाहमाथि अनुसन्धान गरिरहेको छ ।

    बुधबार जिल्ला अदालतबाट हिरासतमा राखि म्याद अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइने डिएसपी गिरीले बताए । १६ फागुनमा ती किशोरीले इलाका प्रहरी कार्यालय गैँडाकोटमा किटानी जाहेरी दिएपछि भरतपुर अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

    बलात्कार मुद्दामा अनुसन्धान गर्न आरोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो । गैँडाकोटमा गीत छायांकनको क्रममा गत वर्ष ७ चैतमा एक रिसोर्टमा राखेर आफूलाई बलात्कार गरेको किशोरीले किटानी जाहेरी दिएकी छिन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology