Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुस–युक्रेन युद्धः २० लाख बढी युक्रेनीले देश छाडे

रुस–युक्रेन युद्धः २० लाख बढी युक्रेनीले देश छाडे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २५, २०७८ बुधवार • १०:४३:०७ बजे
  • 1.1K
    SHARES
  • रुस–युक्रेन युद्धः २० लाख बढी युक्रेनीले देश छाडे

    एजेन्सी । २४ जनवरीमा रुसले युक्रेनमा पूर्ण रुपमा हमला गरेपछि २० लाख भन्दा बढी मानिसहरु युक्रेन छाडेर विभिन्न देशहरुमा शरण लिएका छन् । राष्ट्रसंघले एक तथ्यांक सार्वजनिक गर्दै यस्तो जानाकारी दिएको हो ।

    images

    राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरका अनुसार युक्रेन युद्धका कारण २० लाख ११ हजार ३१२ मानिसहरु देश छाडेर शरण लिन विभिन्न देशमा पुगेका छन् ।

    यूएनएचसीआर प्रमुख फिलिप्पो ग्रान्डीले यसलाई ‘स्तब्ध बनाउने माइलस्टोन ’भनेका छन् । ‘मोनोलिथिक तथ्यांक पछाडि बिछोड, पीडा र क्षतिका दुई लाख कथाहरू छन्,’ उनले भने ।

    पाशविक युद्धका कारण परिबारहरु निराश र अकल्पनीय पीडामा डुबेको उनले बताएका छन् । रूसी सेना युक्रेनतर्फ अगाडि बढेर विशेष गरी राजधानी किभतर्फ बढ्दै जाँदा यो प्रवाह तीव्र हुने अधिकारीहरू र राष्ट्र संघले अनुमान गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology