Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युक्रेनको सैन्य क्याम्पमा रुसको आक्रमण, ३५ जनाको मृत्यु

युक्रेनको सैन्य क्याम्पमा रुसको आक्रमण, ३५ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३०, २०७८ सोमवार • ०९:५१:४९ बजे
  • 1.3K
    SHARES
  • युक्रेनको सैन्य क्याम्पमा रुसको आक्रमण, ३५ जनाको मृत्यु

    पोल्याण्डसँगको सीमा नजिकै रहेको युक्रेनको सैन्य क्याम्पमा रुसले आक्रमण गरेको छ ।

    images

    आइतबार पोल्याण्डको सीमाभन्दा २५ किलामिटर दूरीमा रहेको सैन्य क्याम्पमा हवाई आक्रमण गरेको हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो हवाई आक्रमणको निन्दा गर्दै यसलाई ‘कालो दिन’ को रुपमा चित्रण गरेका छन् ।

    उक्त आक्रमणमा परी ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको जेलेन्स्कीले बताएका छन् । उनले यो क्याम्पमा आक्रमण हुनु भनेको पश्चिमा मुलुकलाई रुसको स्पष्ट चुनौती रहेको पनि बताएका छन् ।

    उनले अब कहिले अमेरिकी सैन्य गठबन्धन नेटोको भूमिमा रुसी मिसाइल खस्छ भन्ने हेर्न मात्र बाँकी रहेको उल्लेख गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology