दमाम,साउदी अरब ।
साउदी अरबको दम्माममा विगत ६ महिना देखि अलपत्र परेका ७ जना पीडित नेपालीलाई गैर आवासीय नेपाली संघ साउदी अरव र सामाजिक अभियन्ता राजु केसीले खाद्यान्न सहयोग गरेको छ।

पीडितहरुलाई उनीहरूको निवास पुगी एनआरएन साउदीले २ हप्ता र केसीले १ हप्ता पुग्ने चामल ,तरकारी ,मसला लगायत खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
विगत २ महिना देखि पिटि अनलाईनको प्रत्यक्ष सम्पर्कको रहेको पीडितहरुले खाद्यान्न लगायत सामग्री नभएको गुनासो गरेपछि गत शुक्रबार सामाजिक अभियन्ता राजु केसी र नेपाली जनप्रगतीशील मोर्चा साउदीका अध्यक्ष तोयाराज भट्ट र केन्द्रिय सदस्य शंकर पौडेलले पीडितहरुलाई नेपाली राजदुतावासका स्थानीय सम्पर्क अधिकारी नारायण पासावानलाई भेट गराई पीडितहरु समस्या बारे जानकारी गराएका थिए।

पीडितहरुको समस्या बारे जानकारी प्राप्त भएपछि स्थानीय कर्मचारी पासवानको समन्वयमा एनआरएन साउदीले पीडितहरु तत्काल राहत पुगोस् भनेर मेन पावर कम्पनीवाट सोधभर्ना हुनेगरी खाद्यान्न सामग्री उपलब्ध गराउन गैर आवासीय नेपाली संघ साउदी अरबको अध्यक्ष डमर कुमार यादव, उपाध्यक्ष रबिना अर्याल, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका मध्य पुर्ब सह संयोजक तथा संयोजकका उम्मेदवार राजेन्द्र अर्याल र नेपाली राजदुतावासका जन सम्पर्क अधिकारी पासवानको संयुक्त टोलि पीडितहरुलाइ भेटेर दुई हप्तालाई पुग्ने खाद्यान्न उपलब्ध गराएको हो।
६ महिनाअघि विसडम ह्युमन रिसोर्स प्रालि तथा सि डि ह्युमान रिसोर्स मेनपावरबाट क्यारिफोर हाइपर मार्केटका भनेर साउदी आएका उनीहरूले सम्झौता अनुसारको काम र तलब नपाएपछि अलपत्र परेको बताएको छ । उनीहरूका अनुसार नेपालबाट ड्राइभर भनेर ल्याए पनि साउदी अल रशिन सप्लाई कम्पनीमा परेको र अहिले सम्म काम र तलब दिएका छैनन् ।
मेनपावरले झुक्याएर सप्लाई कम्पनीमा पारेको समेत उनीहरूको भनाइ थियो । अहिले सम्म कम्पनी १ हजार रियाल र मेनपावरले खाना भनेर ३००० साउदी रियाल बाहेक कुनै रकम नदिएको ,आफ्नो समस्या बारे साउदी स्थित राजदूतावास ,श्रम मन्त्रालय ,वैदेशिक रोजगार विभाग लगायत मिडियामा कुरा राखेपनि कुनै सुनवाइ नभएको गुनासो गरेका छन्। काम पनि छैन ,खाना नै छैन स्वदेश फिर्ता हुन मेनपावरले कुनै सुनुवाइ नगरेको जनाएको छ।
उनीहरूको अबस्थाबारे जानकारी प्राप्त भैसके पछी नेपाली साझा मंच साउदी ,प्रवासी मिलन एकता समाज र नेपाली जनप्रगतिशिल मोर्चाले दम्माम र एनआरएन साउदीले रियाद रहेको पीडितहरुलाई सहयोग गरिसकेको छ।