Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आज तराई–मधेसका क्षेत्रमा होली मनाईंदै

आज तराई–मधेसका क्षेत्रमा होली मनाईंदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ४, २०७८ शुक्रवार • ०९:५८:५२ बजे
  • 2.5K
    SHARES
  • आज तराई–मधेसका क्षेत्रमा होली मनाईंदै

    तराई मधेशका जिल्लामा आज (शुक्रबार) होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।

    images

    होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ । हिजो हिमाली र पहाडी जिल्लामा होली मनाइएको थियो ।

    हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लामा होली अर्थात् फागुलाई ‘होरी’ भन्ने चलन छ ।

    मधेशका पर्वते समुदायले हिजो नै पूर्णिमाका दिन होली मनाएका छन् भने मधेश प्रदेशका मूल मधेशी समुदायले पूर्णिमाको भोलिपल्ट अर्थात् फागुन कृष्ण प्रतिपदाको दिन होली मनाउँछन् ।

    मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तर गृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने अर्को परम्परा छ ।

    यसअनुसार हिजो जनकपुरधाम पुगेको परिक्रमा आज अन्तर गृह परिक्रमा गर्ने छ र शनिबार होली मनाइने छ । यसअनुसार यसपालि मधेश प्रदेशमा लगातार तीन दिन होली पर्व मनाइने छ ।

    यसैबीच होली पर्वलाई सभ्य र शालीन ढंगले मनाउन प्रशासनिक निकाय र सामाजिक संघ संस्थाले आग्रह गरेका छन् ।

    ‘होली’ सत्य र अहिंसाको प्रतीक पर्व भएकाले जबरजस्ती रङ हाल्ने, लोला हान्ने र अरुलाई बाधा पर्ने गरी मादक पदार्थ सेवन गरी होहल्ला गर्ने पक्षलाई निरुत्साहित गर्न पर्ने सबै निकायले आग्रह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # आज तराई–मधेस
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology