Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

इच्छाविपरीत ‘विहे गर्छु’ भन्दै झेली प्रेमी बन्दा…

इच्छाविपरीत ‘विहे गर्छु’ भन्दै झेली प्रेमी बन्दा…

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ८, २०७८ मंगलवार • १४:३३:५१ बजे
  • 922
    SHARES
  • इच्छाविपरीत ‘विहे गर्छु’ भन्दै झेली प्रेमी बन्दा…

    जुम्ली (परिवर्तित नाम)को को घर जुम्ला हो । उमेर १७ वर्ष १० महिना १५ दिन । ५ चैत २०७७ को रात रजस्वला भएर गोठमा थिइन् । उनको पहिलेदेखि नै गाउँका प्रकाश रावतसँग माया प्रेमका कुरा हुन्थ्यो ।

    images

    ५ चैतमा पनि प्रकाश उनलाई भेट्न गोठमै आए । उनी रातिको ११ बाजेतिर गोठमा आएका थिए । ‘जुम्ली’का अनुसार त्यस रात प्रकाशले उनलाई इच्छाविपरीत ‘विहे गर्छु’ भन्दै तीन पटक बलात्कार गरे ।

    बिहानको ४ बजेतिर प्रकाश घर गए । दिन प्रतिदिन उनीहरूबीच माया प्रेमका कुरा हुँदै गयो । अन्ततः प्रकाशले जीवनभरसँगै हुने भन्दै भगाएर घर लगे । ‘जुम्ली’को पेट ठुलो हुँदै गयो । महिनावारी पनि रोकियो ।

    महिनावारी रोकिएपछि गर्भ रहेको उनलाई शंका भयो । तर, प्रकाशले सन्तान जन्माउन नहुने भन्दै गर्भपतनको बाध्य पारेर औषधि खुवाए । त्यसपछि पीडा असह्य भएर ‘जुम्ली’ बेहोस् भइन् ।

    उनलाई प्रकाशले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्ला लगे । जहाँ प्रकाशले आफ्नो नाम परिवर्तन गरेर ‘चन्द्रप्रकाश रावत’ र जुम्लीको ‘विपना रावत’ टिपाए । र, त्यहीँ जुम्लीको मृत बच्चा स्वास्थ्यकर्मीले निकाले ।

    यो घटनापछि प्रकाशले ‘जुम्ली’लाई घर निकाला गरे । हाल माइतीघरमा बस्दै आएकी उनले जिल्ला प्रहरी कार्यालय जुम्लामा गत २० फागुनमा बलात्कार गरेर गर्भपतनसमेत गराएको भन्दै जाहेरी दिइन् ।

    जाहेरीपछि प्रहरीले अनुशन्धान थालेको थियो । अनुशन्धान सकेपछि सरकारी वकिल कार्यालयले आज (मंगलबार) १० देखि १२ वर्ष कैद सजाय र क्षतिपूर्तिसहितको मागदावी गरेर अदालतमा मुद्दा दायर गरेको छ ।

    (सरकारी वकिल कार्यालय जुम्लाले अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा आधारित ।)

  • सम्बन्धित विषय:

  • # झेली प्रेमी बन्दा…
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology