प्रेस विज्ञप्ति मार्फत जारी गरेको पूर्णपाठ जस्ता को तस्तै ।
कोरोना भाइरस ( Covid 19 )का कारण बिश्वब्यापी महामारी यथावतै छ ! यसबाट अछुतो कुनै देश रहन नसकेको अहिलेको परिवेशमा अन्य मुलुकमा भन्दा नेपाली श्रमिकहरुको अवस्था साउदीअरबमा निक्कै नाजुक रहदा श्रमिकहरुलाई उद्धार गर्ने बहानामा अनेकौ प्रलोभन,समस्या देखाइ पीडितहरु मार्फत मोटो रकम असुली गर्दै प्रत्यक्ष रुपमा जुन दलालिकरण दिनको दुई गुणा रातको चौगुणा बढ्दै गएको छ।
यस बिसयलाई "नेपाली जनप्रगतिशिल मोर्चा साउदिअरब"ले गम्भीरतापूर्वक लिएकोछ र सम्बन्धित निकाय लाई पनी गम्भीर ध्यानाकर्षण गराउदछ ! उता उद्धारको नाममा आफ्नै देशको सरकारले पुजीवादी दलालि करणलाई प्रेरणा दिदै एक पीडित बराबर टिकट , होटेल क्वारेन्टाइन गरि झन्डै नेपाली रुपैया दुइलाख खर्च गरेपछि मात्रै आफ्नो देश आउन सक्ने वातावरण बनाइरहदा यो बिसयलाई फेरबदल गरि पीडितहरुलाइ सरकारी खर्चमा उद्धार गर्नको निम्ति जोडदार मागपनि राख्दछ ! यता दूतावासले स्वीकृति दियको साउदिअरबको राजधानी रियाद शहरको बथा स्थित ( Dhaka medical center )मा कार्यरत नेपाली डक्टर अनिरुद्र पाठकले नेपाली श्रमिकहरु उद्धारको नाममा एक त नेपाल सरकारबाटै अपहेलित र पीडित हुदाहुदै पनि अनेकौ ऋण-धन गरि नेपाल जान लाग्नुभयका हाम्रा दाजुभाइ तथा दिदिबहिनीहरुबाट कोरोना जाच गर्ने बहानामा मोटो रकम पर-ब्यक्ति ४८०० देखि ६४०० सम्म चार्जलिदै बिना चेक-जाच गरि पीडितहरुलाइ कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ दिदै आयको खुलासा पिडित "झपड बहादुर बस्नेत" ले नेपाल पुगिसकेपछी news 24 channel को issue of the dayको कार्यक्रम मार्फत सार्बजनिक भयो /गरे यस बिषयमा दूतावास रियाद र नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्न / गराउन चाहन्छौ !
यो बिषय एक ब्यक्ति माथिको मात्रै नभइ समग्रमा सिङ्गो राष्ट्रियता प्रतिमाथिनै घात रहेको ठहर हामी र हाम्रो मोर्चाले गरेकोछ ! यदि यो बिसयलाइ सामान्य ठानी दूतावासले खरोरुपमा एक्सन नलियमा नेपाली डक्टर अनिरुद्र पाठकलाइ जस्तोसुकै कार्वाही चाहे भौतिक होस या कानुनी अथवा दुबै गर्नको निमित्त हाम्रो मोर्चाले कुनै कसर बाकी नराख्ने जानकारी दूतावासलाई गर्न चाहन्छौ , अनिरुद्र पाठकको इतिहास हामिले राम्रोसँग बुझेकाछौ उसले पैसाको निमित्त साउदिअरबमा के-कस्तो धन्दा हिजोको दिनदेखी गर्दै आयकोछ त्योपनी हामिसङ स-प्रमाण सुरक्षीतनै रहेको जानकार दूतावासलाई गराउन चाहन्छौ !
क्रान्तिकारी अभिवादन
महासचिव टीकाराम वली (सुरेश) अध्यक्ष कसम मगर