दोहा।विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रीय संयोजक तथा केन्द्रीय सदस्य सुरेश भट्ट आश्रिनले रविन्द्र मिश्र अधिनायकवादी भएको बताएका छन् ।
आज विवेकशील साझा पार्टीको मुख्यालयमा पार्टी भित्रका असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गर्न खोज्दा मिश्र पक्षले अवरोध गरेपछी विवाद उत्पन्न भएको थियो ।
मिश्र नेतृत्वको विवेकशील साझा पार्टी विवादै-विवादले घिसीपिटी गर्दै आईरहेको अवस्थामा अहिले पार्टीभित्र चरम विवाद चुलिएको देखिन्छ। विवाद यती उत्कर्षमा पुग्न पार्टीका संयोजक मिलन पाण्डे र नेता तथा कार्यताहरूलाई एकल निर्णयले कारबाहीको डण्डा चलाएपछी, केन्द्रीय समिति छलेर आफू खुशी प्रदेश संयोजक चयन गरेपछी भएको बुझिन्छ ।
आजको पार्टीभित्रको विवाद बारे सुरेश भट्ट आश्रिनले सामाजिक संजालमा यसरी खेद व्यक्त गरेका छन्।
विवेकशील साझा पार्टीको, पार्टी कार्यलयमा प्रहरी परिचालन गरी आफ्नै कार्यकर्ताहरूलाई शान्तिपूर्ण अभिव्यक्तिबाट निषेध गरेर रविन्द्र मिश्रले आफू छोटे तानाशाही, अधिनायकवादी र अलोकतान्त्रिक भएको आफैले पुष्ट्याईँ गरेको बताएका छन् ।
उनले भनेका छन् कूनै पनी राजनीतिक पार्टीका, पार्टी कार्यलय सबैका लागी खुल्ला हुनूपर्छ । झनै आफूलाई वैकल्पिक राजनीतिको मसीहा ठान्ने रविन्द्र मिश्रले त उदारताको कुरा गरेर थाक्दैन्न, "कल्याणकारी लोकतन्त्र"को वकालत गर्नेले त आफ्ना कार्यकर्ताहरूलाई पार्टी कार्यलयमा मज्जा संग आफ्ना भनाई राख्न दिनूपर्ने हो ।
रविन्द्र मिश्रको चरित्र चाइ नव तानाशाही, अलोकतान्त्रिक, ढाँटकवाज र छद्मभेषीको जस्तो भएको र पार्टीको विधानले प्रत्यायोजन गरेको सार्वभौम अधिकार खोसेर कार्यताहरूलाई कुण्ठित गर्दा हिटलर पथमा गएको आरोप लगाएका छन्।
भट्टले पार्टीको कार्यलयमा आफ्ना साथीहरूलाई रविन्द्र मिश्रले एकाधिकार प्रयोग गरी अभिव्यक्ति राख्नबाट वञ्चित गरिएको प्रति खेद व्यक्त गरेका छन्।