Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आज तपाईंको राशिफल

आज तपाईंको राशिफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र १९, २०७८ शनिवार • ०९:२१:०८ बजे
  • 1.9K
    SHARES
  • आज तपाईंको राशिफल

    तपाईंको राशिफल

    images

    मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) व्यापार ब्यवसायबाट अर्थ लाभ हुने छ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुने छ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछन् । छोटो यात्राको अवसर प्राप्त हुने छ । यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । मध्यान्हभन्दा पहिले नैं यात्रा सुरु गर्नुहोला । आजको दिन गृहस्थ कार्यमा समय दिनुहोला ।   

    वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका जातकका लागि आजको दिन व्यापार व्यवसायमा सोचेअनुसार नहुनसक्छ । तपाईंको सकारात्मक हुन जरुरी छ । आजको दिन आफूभन्दा ठुला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आजको दिन बिहान सूर्योदय र शिवालयको दर्शन गरेर मात्र दिनको कार्य सुरु गर्दा तपाईंको लागि फाइदा हुने छ ।

    मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  समय कष्टकर हुने छ, मनमा निराशा उत्पन्न हुनसक्छ । मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला । परिवार र आफन्तजनसँग विवाद हुनसक्छ । समयमा विचार गर्नुहोला ।      

    कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) पारिवारिक तनावका कारण चिन्ता हुनसक्छ ।   कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईं र तपाईंसँग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा पनि अनावश्यक खर्च हुने छ । त्यसैले आजको शनिवार आफनो नियमित काममा ध्यान दिनु उत्तम हुने छ । 

    सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुने छ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । आजको दिन नयाँ काम सुरु गर्दा सफल हुने छ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईंलाई आर्थिक लाभ समेत हुनसक्ने छ । तपाईलाई मानसम्मान मिल्ने छ ।  

    कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) तपाईंको कारण आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुने छ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालयमा जानुभयो भने फलफूल वितरण गर्न सक्नुहुन्छ ।   

    तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) आजको दिन हुने तपाईको यात्रा  कार्यमूलक हुने छ । कुनै कामको सुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा जातकले सोच विचार गर्नु उत्तम होला ।  

    वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) यात्राको अवसर र नयाँ कामको सम्भावना बढ्ने छ । यात्रा गर्दा सूर्योदयभन्दा पछि र सूर्यास्तभन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुने छ । आर्थिक हानी हुने सम्भावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । लाभ भन्दा बढी हानी हुनेछ ।  

    धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) आजको दिन आकस्मिक धनलाभ हुने छ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईंले राम्रो काम गर्नुहुने छ । आफन्त र परिवारजनबाट साथ सहयोग हुने छ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्ने छ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नुहोला ।

    मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) आजको दिन सरस्वतीको आरधनाले  तपाईलाई मनमा प्रसन्नता छाउने छ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुने छ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको पारिवारिक यात्राले मन हर्षित हुने छ ।  

    कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) तपाईलाई आज सामाजिक सेवाबाट मानसम्मान मिल्ने छ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुने छ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुने छ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुने छ । कन्यालाई भोजन गराउनुहोला ।   

    मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) अध्यात्मिक कार्यमा समय खर्च हुने छ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फााइदा हुने छ । चन्द्रमाको साथ रहेको छ । रचनात्मक काममा समय खर्चनु भएमा तपाईको कार्यसिद्ध हुने छ । परिवारमा खुसियाली छाउने छ । मानसम्मान मिल्ने छ । आजको दिन सामाजिक काममा समय खर्च गर्नुपर्ने हुने छ ।

  • सम्बन्धित विषय:

  • # तपाईंको राशिफल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology