Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पल शाहलाई नवलपुर लगियो

पल शाहलाई नवलपुर लगियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २२, २०७८ मंगलवार • १३:०३:४९ बजे
  • 1.0K
    SHARES
  • पल शाहलाई नवलपुर लगियो

    नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए ।

    images

    मंगलबार विहान ७ बजे पछाडी कारागारको टोलीले उनलाई नवलपुर लगेको हो । नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको उनको भनाइ छ ।

    ‘अदालतको प्रक्रियाअनुसार थुनछेक बहस सकिएपछि फेरी तनहुँ कारागार ल्याइनेछ’, उनले भने । नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले शाहलाई तनहुँबाट झिकाइएको पुष्टि गरे । उनले भने, ‘केहीबेर अगाडि आउनुभएको छ । आजै बयान लिएर सकियो भने थुनछेक बहस सुरु हुन्छ ।’

    क्षेत्रीका अनुसार गोला थुतेर कसको इजालसमा पर्छ भन्ने पनि टुंगो लागिसकेको छैन । ‘गोला थुतेर कसको इजालसमा पर्छ । त्यसपछि इजलास अधिकृतले बयान लिएर सकेपछि थुनछेक बहस सुरु हुनेछ’, उनले भने । ३ चैतमा सरकारी वकिलको कार्यालय नवलपुरले अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए ।

    जिल्ला अदालत तनहुँले शाहलाई थुनछेक बहस सकाएर १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश दिएको थियो । जिल्ला अदालत तनहुँको आदेशविरुद्ध पल उच्च अदालत पोखरा पुगेका छन् ।

    उच्च अदालतले निवदेन उपर पहिलो सुनुवाई गर्दै तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिसकेको छ । सुरुमा तनहुँ प्रहरीमा उजुरी परे पनि फेरि पलविरुद्ध नवलपुरमा पनि उजुरी परेको थियो ।

  • सम्बन्धित विषय:

  • # पल शाह प्रकरण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology