Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टर्कीबाट देश ग्रिस प्रवेश गर्न खोजेका ३७ जना नेपाली पक्राउ

टर्कीबाट देश ग्रिस प्रवेश गर्न खोजेका ३७ जना नेपाली पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २५, २०७८ शुक्रवार • १९:१५:३० बजे
  • 2.6K
    SHARES
  • टर्कीबाट देश ग्रिस प्रवेश गर्न खोजेका ३७ जना नेपाली पक्राउ

    अवैध रूपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपालीलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ ।

    images

    टर्कीबाट प्रकाशित हुने सञ्चारमाध्यमका अनुसार अपरेसनको क्रममा बेयोग्लु, इस्तानबुलबाट ३७ जना नेपालीलाई सुटकेससँगै प्रहरीले नियन्त्रणमा लिएको हो ।

    उनीहरू ग्रिस भाग्ने तयारीमा थिए । पक्राउ परेका उनीहरूलाई निष्कासन केन्द्रमा पठाइएको छ ।

    नेपाल-बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्यो

    नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा दुई देशका राष्ट्रपति र प्रधानमन्त्रीबीच बधाई सन्देश आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई सन्दै पठाउँदै बधाई दिएकी छन् ।

    राष्ट्रपतिले सन्देशमा पाँच दशकअघि बंगलादेशको स्वतन्त्रतालाई मान्यता दिने पहिलो राष्ट्रमध्ये नेपाल रहेको स्मरण गर्दै व्यापार, पर्यटन, ऊर्जा, संस्कृति र शिक्षाका क्षेत्रमा बढ्दै गएको सहयोगप्रति सन्तुष्टी व्यक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई बधाई सन्देश पठाएका छन् ।

    बंगलादेशका प्रधानमन्त्रीलाई हार्दिक बधाई दिँदै प्रधानमन्त्री देउवाले नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेकोमा खुसी व्यक्त गरेका छन् ।

    प्रधानमन्त्री देउवाले नेपाल र बंगलादेशले व्यापार, पर्यटन, ऊर्जा र कनेक्टिभिटी लगायतका क्षेत्रमा सहकार्य र साझेदारीलाई अगाडि बढाउँदै पारस्परिक हितका नयाँ र प्रशस्त सम्भावनाहरू प्रशस्त गरेको जनाएका छन् ।

    नेपाल र बंगलादेशले जलवायु परिवर्तन, दिगो विकास, बहुपक्षीय व्यापारलगायत पारस्परिक हितका विषयमा सार्क, बिमस्टेक र बीबीआईएन जस्ता क्षेत्रीय मञ्चहरू र संयुक्त राष्ट्रसंघ र विश्व व्यापार संगठन जस्ता बहुपक्षीय मञ्चहरूमा सहकार्यका गरिरहेको पनि उनले बताएका छन् ।

    यस्तै, बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले बधाई सन्देशमा दुई देशबीच बढ्दो व्यापार र आर्थिक सम्बन्धप्रति सन्तोष व्यक्त गरेका छन् ।

    बंगलादेशका राष्ट्रपतिले दुई देशबीच निकै घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै सन् २०१९ मा गरेको नेपाल भ्रमणको स्मरण गरेका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो बधाई सन्देशमा नेपालले बंगलादेशलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा सुरुमै मान्यता दिएको स्मरण गरेकी छन् ।

    उनले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ गर्न नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेपाल र बंगलादेशले ८ अप्रिल १९७२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # ३७ जना नेपाली पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology